२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वाधार निर्माणले मात्र खेलकुदको विकास सम्भवः मन्त्री सुनार

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन्।

खेलकुद विधेयक टेबुल

गण्डकी प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकारले ल्याउन लागेको ‘गण्डकी खेलकुद विकास ऐन २०७७’ सदनमा टेबुल गरिएको छ।

खेलग्राम बनाउन चाहने स्थानीय तहलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न सरकारकाे आह्वान

गत वर्षदेखि ८४ वटा पालिकामा खेल पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी दिँदै यस वर्ष थप ३० स्थानीय तहमा यो कार्यक्रम सुरु गरिने मन्त्रालयले जनाएको छ।

पदकमा सरकारको कन्जुस्याइँ

२० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो। गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २ सय ७ पदक जित्दा सहभागी सात राष्ट्रमा घरेलु राष्ट्र नेपाल दोस्रो भएको थियो। यो सफलता नेपाली खेलकुद इतिहासमा पहिलो पटक प्राप्त भएको हो।

खुलेन खेलकुद क्षेत्र

‘पोखरा रंगशालाभित्रको होल्डिङ सेन्टर हटाएर निर्मलीकरण गरेपछि मात्रै व्यवस्थित रूपमा रंगशाला प्रशिक्षणका लागि खुला गर्नुपर्छ। होल्डिङ सेन्टरकै कारण खेलाडीमा त्रास बढेको छ।’

ललितलाई राखेपले सहयोग गर्ने

सडक दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललितसिंह भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने भएको छ।

गर्विलो इतिहासमा भ्रष्टाचारको छिटा

१३औं संस्करणमा आयोजक राष्ट्रका हैसियतले ऐतिहासिक सफलता आत्मसात् गरेको थियो । यो संस्करण नतिजाका हिसाबले गर्विलो बने पनि भ्रष्टाचारका छिटाले भने दूषित भएको छ । यसले नेपाली खेलकुदमा केही तीता घटना पनि उब्जाएको छ ।

पूर्वाधार योजना कार्यान्वयनमा चुनौती

उपयुक्त जग्गा छैन। भेटिएको जग्गा व्यक्तिको समेत पर्ने भएपछि मुआब्जा तिर्नुपर्ने बाध्यता छ। अर्कोतर्फ नापी नै नभएको जग्गा छ। गण्डकी प्रदेश सरकारका प्रस्तावित खेलकुदका योजना तत्कालै पूरा हुन सम्भव देखिएको छैन।

तीन पाकिस्तानीको पदक खोसियो

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै पाकिस्तानी खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको छ।

१३ औं सागमा पदक विजेता तीन खेलाडी डोपिङमा, पदक खोसियो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा विजेता तीन खेलाडीको पदक खोसिएको छ। डोपिङ टेस्ट पोजेटिभ आएपछि उनीहरुको पदक खोसिएको हो। पदक खोसिने तीनै खेलाडी पाकिस्तानी हुन्। उनीहरुले व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जितेका थिए। उनीहरुको डोपिङ टेस्टको लागि यूरिन स्याम्पल दोहाको एन्टि डोपिङ ल्यावमा पठाइएको थियो।

केसीलाई पूर्वखेलाडीको बधाई

क्योकुसिन करातेका पूर्वखेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीलाई सम्मान तथा बधाई दिएका छन्।

एन्फालाई समन्वयमा काम गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलावालले फुटबल विकासका लागि एन्फाले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन्।

लोमान्थाङमा खेलग्राम

हिमालपारिको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्नेछ। रहस्यमय माटोको सहरका रूपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्नेछ।

फिटनेस योजना बनाएर प्रशिक्षण

‘हामीले लकडाउनपछि सुचारु भएका युरोपेली लिगका खेलाडीमा धेरैको घुँडामा चोट लागेको देख्यौं। नेपाली खेलाडीमा पनि त्यो नहोला भन्न सकिन्न। त्यसैले त्यो जोखिम नहोस् भनेर पनि हामी फिटनेस योजना बनाएर क्रमिक रूपमा त्यसलाई लागू गर्छाै।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्