२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘खेलकुद अनुत्पादक क्षेत्र होइन’

‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा ओलीले खेलक्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउदै यसलाई अनुत्पादक क्षेत्रका रूपमा विश्लेषण गर्न नहुने बताएका हुन्।

पोखरा महानगरले खेलकुदका पूर्वाधार बनाउँदै

पोखरा महानगरपालिकाका दुईवटा महत्वपूर्ण खेलकुद योजना छन् । महानगरकै उचाईको फुटबल मैदान (पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् ।

नौ महिनादेखि बन्द रहेको खेलकुद प्रशिक्षण सुचारु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कोभिड–१९ का कारण बन्द भएको खेलकुद प्रशिक्षण सुचारु गराइएको छ।

पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ । आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव गर्ने जानकारी दिएको हो ।

गौरिकाको गौरव

‘म नेपाली हुँ, नेपालकै लागि खेल्छु’ गौरिका सिंहले एक वर्षअगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला भनेकी थिइन्। गौरिका बेलायतमा बस्दै आएकी र अब नेपाली नरहेको भन्ने आरोपको जवाफमा उनले त्यसो भनेकी थिइन्।

बक्सिङका पदक विजेता सहितलाई सम्मान

दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी, अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ ।

तेह्रौं सागमा बक्सिङका स्वर्ण विजेतालाई सम्मान

एकेडेमीले स्वर्ण पदक विजेता पुलिसका भुपेन्द्र थापामगर, आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सम्मान गरेको हो ।

चार दशकपछि पोखरालाई राष्ट्रिय खेलकुदको अवसर

कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।

खेल संघ विवाद मिलाउन समितिः पहिलो चरणमा १६ संघलाई पत्र

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेल संघ विवाद, समस्या समाधान तथा सहजीकरण समितिले एकै प्रकृतिका नाम गरेका एउटै विधाका धेरै संघ विद्यमान रहेको र कर्मचारीहरू संघमा बस्न नपाउने नयाँ खेलकुद ऐनमा उल्लेख भएअनुसार कार्य नभएको भन्दै पहिलो चरणमा १६ वटा संघलाई पत्र काटेको छ।

कतारद्वारा सहयोगको आग्रह

सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गरिरहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग औपचारिक रूपमा सहयोग र समर्थन गर्न आग्रह गरेको छ।

एक वर्षपछि खर्चविवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको एक वर्ष बित्न एक दिन बाँकी छँदा खर्चविवरण सार्वजनिक गरेको छ।

सदस्यसचिवसँग संघहरूको गुनासो, सागको पैसा कहिले आउँछ ?

‘साढे तीन लाख रुपैयाँ संघकै अध्यक्षले तिर्ने र आएपछि पाउने गरी माइन्युट गरिएको छ । काम गरेपछि पैसा नपाउँदा कामदार घरमै आउन थाले । आफ्नो इज्जतले पनि दिनुपर्ने बाध्यता आयो ।’

सदस्य सचिवसँग संघहरुको प्रश्न : सागको पैसा कहिले आउँछ ?

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) सकिएको एक वर्ष वित्यो। एक वर्षको अवधिमा समेत बनाइएको पूर्वाधारको रकम अझै निकासा भएको छैन्। रकम निकासा नहुँदा संघहरु ऋणमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्