१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ।

बाग्मती प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारबाट भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको हो। उक्त कार्यक्रमको युवा तथा खेलकुदमन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे। कार्यक्रममा खेलाडी, प्रशिक्षक, बाग्मती प्रदेशअन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको छ। दुईदिने कार्यक्रमको पहिलो दिन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रीता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजीबारे प्रकाश पारेका थिए।

दोस्रो दिन पनि विज्ञहरूले सहभागीलाई विभिन्न विषयमा जानकारी गराउनेछन्। यसअघि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन्। बाँकी दुई प्रदेशमा पनि उक्त कार्यक्रम हुनेछ।

प्रकाशित: २२ माघ २०७७ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App