२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालयमा खेलकुदः भलिबल, बास्केटलबल, व्याण्डमिन्टन र टेबलटेनिसमा जोड

प्याब्सनले दुई–दुई वर्षमा स्पोर्टसमिट आयोजना गर्छ। एनप्याब्सनले वर्षेनी स्पोर्टस मिटलाई क्यालेण्डरमा राखेको छ। संस्थागत विद्यालयले भलिबल, बास्केटल, टेबलटेनिस र व्याडमिन्टनलाई बढी प्राथमिकता दिने गरेका छन्। विद्यालयमा ती बाहेक अन्य खेलका पूर्वाधार खासै हुदैनन्।

तेस्रो दिन रविको अग्रता

रवि खड्काले सूर्य नेपाल काठमाडौं ओपनमा बुधबार तेस्रो दिनको खेल सकिँदा तीन प्रो गल्फरलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षता कायम गरेका छन्।

सुदीप र स्वागता उत्कृष्ट

सुदीप थारू, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

पदकको सम्भावना भएकालाई प्राथमिकताः सदस्यसचिव

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।

‘राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै प्राथमिकता’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन्।

राखेप सदस्यसचिवमा घिसिङ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित सदस्यसचिव छनोट समिति गठन गरेका थिए। सोही समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिलाई आधार मानेर तीन जनाको नाम सिफारिस गरेको हो।

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।

आठ बोर्ड सदस्यको नियुक्ति

अखिल नेपाल खेलकुद महासंघका महासचिव एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलासहित,जनकप्रसाद बर्तौला,प्रकाशकुमार कुसारी, श्रीमान् थापामगर, पेमा डोल्मा, मोहम्मद फाजिल,दीपेन्द्र विष्ट र बिना श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भए।

प्रदेश खेलकुद बोर्डको योजना सार्वजनिक

बैठकले बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गरिएको बताइएको छ।

नियमावलि बन्नु अघिका जिल्ला खेलकुद विकास समिति अवैधानिकः मन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ। छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन्। प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेलकुद विकास समिति अवैध हुनु।’

राखेपका सदस्य पनि बर्खास्त

मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग गत कात्तिक २३ गते स्पष्टीकरण मागेका थिए। तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै मन्त्रालयले जबाफ चित्त नबुझे कारबाही गर्ने तयारी गरेको थियो।

एसियन गेम्सको तयारी थाल्न निर्देशन

ओलम्पिक कमिटीको आयोजनामा भएको कार्यक्रममा २० वटा खेल संघका पदाधिकारीले एसियन गेम्समा सहभागिताका बारेमा अन्तरक्रिया गरेका थिए।

श्रेष्ठ उत्कृष्ट निर्णायक

सिओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका छन्।

शिशिरलाई पुम्से च्याम्पियनसिपमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)का कांस्य विजेता शिशिर श्रेष्ठले विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

धर्मगुरुको जन्मोत्सवमा खेलकुद

कात्तिक ११ देखि १७ सम्म स्थानीय आत्मानन्द खेलमैदानमा आत्मानन्द कप फुटबलसहित म्याराथुन, डोरी तान्ने, हाँडी फुटाउनेलगायत दर्जनहाराहारी खेल प्रतियोगिता आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्