७ वैशाख २०८१ शुक्रबार
खेल

श्रेष्ठ उत्कृष्ट निर्णायक

सिओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका छन्।

पाकिस्तानको इस्लामाबादमा सम्पन्न च्याम्पियनसिपमा नेपालबाट ६ सहित विभिन्न देशका गरी करिब ५० निर्णायकको सहभागिता रहँदा श्रेष्ठ उत्कृष्ट रेफ्री चयन भएका हुन्। चारवटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाए।

नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का,मीन न्यौपाने,रवीन्द्र मल्ल,जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए। श्रेष्ठ यसअघि सन् २०१९ को जुलाइमा जोर्डनमा सम्पन्न एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए।

श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन्। उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो। २७ खेल समावेश सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो। पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १/१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए। सबै खेलाडी पदकविहीन रहे।

प्रकाशित: २५ कार्तिक २०७८ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App