१६ असार २०८१ आइतबार
image/svg+xml

सर्पदंशबाट वैशाखयता नौजनाको मृत्यु

महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

विवादमै बित्यो खाँडाचक्र नगरपालिकाको एक वर्ष

२०७९ वैशाख ३० सम्पन्न निर्वाचनबाट निर्वाचित खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही,उपप्रमख गणेशबहादुर शाहीको एक वर्षको कार्यकाल विवादमै सकिएको छ।

आराधना गरी मनाइयो बुद्ध जयन्ती

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ।

आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ।विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ।

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।

पुराना दलप्रति जनआक्रोश

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका लागि यही वैशाख १० गतेको उपनिर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै भयो।

वैशाख १२

यत्तिले अझै पुगेको छैन,आम व्यवस्था र कार्य शैलीको,प्रबलीकरण गर्नुपर्नेछ,टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू,उठ्नु छ/उठाउनु छ यो देशको सान, उठेझैं सगरमाथाको उचाइ!

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ।

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

बारा–२ उपनिर्वाचन: ६५ मतदान स्थल संवेदनशील

वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनको लागि निर्धारण गरिएको मतदानस्थल मध्ये ६५ वटा मतदान स्थालहरु संवेदनशील रहेका छन्।

चितवनमा विगतको नजिता आए फेरी उपचुनाव हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २मा विगतको नजिता दोहोरिए उपनिर्वाचन हुने दाबी गरेका छन्। प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गत मंसिर ४मा जस्तो नतिजा आए फेरी निर्वाचन हुने बताएका हुन्।

तनहुँ– १ मा त्रिपक्षीय प्रतिस्पर्धा: छाब्दीबाराही मन्दिरमा पूजा गरेर डा. वाग्लेले थाले चुनावी अभियान

आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरूले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरूले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्