१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विवादमै बित्यो खाँडाचक्र नगरपालिकाको एक वर्ष

२०७९ वैशाख ३० सम्पन्न निर्वाचनबाट निर्वाचित खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही,उपप्रमख गणेशबहादुर शाहीको एक वर्षको कार्यकाल विवादमै सकिएको छ।

खाँडाचक्र नगरपालिकाले नागरिकको हितमा खासै राम्रो काम गरेको छैन। सुरुवातमै कर्मचारी हटाएर विवादमा तानिएको नगरपालिका क्रमशः बेथितिको चाङ विवाद, भागबन्डा नमिल्दा श्रीमतीलाई जागिर दिएको विषयले विवाद, बजेट बाँडफाँटमा विवाद, वडा वडाध्यक्षले बुझाए छापले विवादले घेरिँदै गएको हो।

२०७९ वैशाख ३० सम्पन्न निर्वाचनबाट निर्वाचित खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही,उपप्रमख गणेशबहादुर शाहीको एक वर्षको कार्यकाल विवादमै सकिएको छ।

जनताले दोस्रो कार्यकालको लागि निर्वाचित भएका जनप्रतिनिधिले नागरिकको हितमा काम गर्छन् भन्ने सोचेकोमा हाल आएर खासै राम्रो काम गरेको छैन। सुरुमा सरकारमा आएका जनप्रतिनिधिले राम्रो काम गछन्। सोचेका नागरिकले अहिले पनि सरकार भएको अनुभूति गर्न सकेका छैनन्। मान्म बजारमा खानेपानी अभाव, कर्मचारी भागबन्डा, बादी वस्तीलाई जग्गाजमिन लगायतले नगरपालिका पटकपटक विवादमा तानिने गरेको छ।

सरकारले नागरिकका दैनिकीमा वास्ता नगर्दा, भागबन्डाको लागि झगडा गर्दा, कर्मचारी फेरबदलले पनि नगरपालिका पटकपटक विवादमा तानिने गरेको छ। अहिले पनि नगरपालिकाले राम्रो काम नगरेको भन्दै वडाध्यक्षहरूले नगरपालिकामा छाप र रातो कलम बुझाउने गरेका छन्। ‘नगरपालिकाभरि कर्मचारी छन्। जनतालाई आवश्यक परेको बेला काम हुँदैन। नगरपालिकाले दिनुपर्ने सेवासुविधा नागरिकले समयमै पाउन सकेका छैनन्,’ एक सेवाग्रहीले भने, ‘यो नगरपालिका देखेर दिक्क लागिसक्यो मेरो काम कहिल्यै हुने हैन।’

सरकारले नागरिकका दैनिकीमा वास्ता नगर्दा, भागबन्डाको लागि झगडा गर्दा, कर्मचारी फेरबदलले पनि नगरपालिका पटकपटक विवादमा तानिने गरेको छ।

आफ्नालाई जागिर दिने, नजिककालाई कार्यक्रम दिने, नगरपालिकामा आएका सानातिना समस्याको समाधान पनि नगरेको उनको भनाइ छ।

एक कर्मचारीका अनुसार नगरपालिकाले पहिले राखेका कर्मचारी हटाएर फेरि आफ्ना मान्छेलाई थपेको बताए। उनले भने, ‘वार्षिक ५० लाख घरभाडामा जान्छ। नगरपालिकाभरि कर्मचारी मात्र छन्। कसैले तलब पाएका छैनन्।

प्रकाशित: ५ जेष्ठ २०८० ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App