२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चितवनमा विगतको नजिता आए फेरी उपचुनाव हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २मा विगतको नजिता दोहोरिए उपनिर्वाचन हुने दाबी गरेका छन्। प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गत मंसिर ४मा जस्तो नतिजा आए फेरी निर्वाचन हुने बताएका हुन्। 

नागरिकता र राहदानी विवादमा उनी फेरी दोषी ठहरिने उनले संकेत गरे। ‘उहाँका कतिपय कुराहरू न्यायपालिकाले निरूपण गर्ने विषय छन्। पटक पटक चितवनले उपनिर्वाचन गर्ने अवस्था नओस् । विगतको परिणाम दोहोरिए चितवनमा फेरी उपनिर्वाचन हुन्छ, उनले भने ‘हिजो के आधार थियो त्यही आधारमा उपचुनाव लगभग हुने सुनिश्चित छ।’ 

उनले चितवन, बारा र तनहुँका मतदाताले उपनिर्वाचन हुनुपर्ने कारणबारे प्रश्न उठाउनुपर्ने धारणा राखे। ‘उपनिर्वाचनमा ३० करोडभन्दा बढी राज्यको ढुकुटी खर्च हुँदैछ,’ उनले भने ‘आवश्यक खर्च बारे प्रश्न उठ्नुपर्छ।’ बैशाख १० गते हुन लागेको निर्वाचनमा चितवन २ मा एमालेले जित निकाल्ने भट्टराईले दाबी गरे।  मंसिर ४ र बैशाख १० गतेको निर्वाचन धेरै फरक हुनेवाला छ, उनले भने ‘मंसिर ४को निर्वाचन एउटा आशा र विकल्पको रुपमा हेरिएको थियो। तर, छोटो समयमै बानटेस्टेड हुनुभयो।’

अरूलाई सुशासनको प्रश्न उठाउने व्यक्ति नै गृहमन्त्री भएपछि तोडिएको उनले दाबी गरे। ‘उहाँले हामी माथि उठाएको सुशासनको प्रश्न डेढ महिनामै भंग गरिदिनुभयो।  अहिले पाटी स्थापना भएको ७ महिनामै हामीभन्दा उहाँहरूमाथि प्रश्न उठ्न थालेका छन्’ उनले भने । रवि लामिछानेले भिड जम्मा गरेर कानुनी शासनलाई उलङ्घन गरेको उनको जिकिर छ। 

चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन्। यहाँबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्। लामिछानेका समर्थकहरू असहिष्णु हुँदै गएको आरोप लगाए। चितवन २ मा २२ जनाले उम्मेदवारी दिएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, राप्रपाका जिवलाल पुरी, राजमोका उपाध्यक्ष जकराज शर्मा लगायतका नेता चुनावी होमिएका छन्। 

प्रकाशित: ३ वैशाख २०८० ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App