२३ वैशाख २०८१ आइतबार
image/svg+xml

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ।

चितवनमा विगतको नजिता आए फेरी उपचुनाव हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २मा विगतको नजिता दोहोरिए उपनिर्वाचन हुने दाबी गरेका छन्। प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गत मंसिर ४मा जस्तो नतिजा आए फेरी निर्वाचन हुने बताएका हुन्।

तनहुँ– १ मा त्रिपक्षीय प्रतिस्पर्धा: छाब्दीबाराही मन्दिरमा पूजा गरेर डा. वाग्लेले थाले चुनावी अभियान

आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरूले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरूले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्