५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोभिडको तयारीमा जुट्यो कर्णाली सरकार

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर र स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।

संघीयता बलियो बनाउन प्रदेश संरचना बलियो हुनुपर्छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले स्थानीय तह जनताको चुल्होको सरकार भएको बताए। ‘नागरिकको दुःख पीडालाई नजिकबाट महशुस गर्ने भएकाले स्थानीय तहलाई जनताको चुल्होको सरकार भनिएको हो,’ उनले भने, ‘प्रदेश देखिने सरकार हो भने संघीय सुनिने सरकार हो।’

विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे।

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

कर्णालीको विकासका लागि ‘६ ब’ कार्यान्वयन आवश्यक: मुख्यमन्त्री शाही

‘बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचारविना कर्णालीको समृद्धि र विकास सम्भव छैन,’ प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिन आवश्यक छ’,उनले भने।

जनताका समस्या सुनिदिन कोही नआएपछि म आफैंं मैदानमा आएको छु: लामिछाने

‘अब म कसैलाई कुर्दिनँ, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफैं मैदानमा आएको छु।’

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ।

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ। आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ।

औद्योगिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले आठ वर्षदेखि जग्गा कब्जा गरेका छन्।

करिब एक सातापछि कर्णाली प्रदेशसभाको बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।

कर्णाली प्रदेश: तीन वर्षमा सडक दुर्घटनामा ३९२ जनाको मृत्यु

कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा भएका ९९२ सडक दुर्घटनामा परेर ३९२ जनाले ज्यान गुमाएका छन्। यो तीन वर्षको अवधिमा सबैभन्दा ठूलो दुर्घटना २०७८ असोज २६ गते मुगुमा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्