७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कर्णालीमा नौ प्रकारका छात्रवृत्ति

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत शिक्षा विकास निर्देशनालयले चालु आर्थिक वर्षदेखि कर्णाली प्रदेशभर लागु हुने गरी नौ प्रकारका छात्रवृत्ति वितरण गर्ने कार्यक्रम बनाएको छ। नौ प्रकारका छात्रवृत्ति वितरणका लागि कार्यविधि स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गरेको हो।  

शिक्षा विकास निर्देशनालयले छोरी–बुहारी, उच्च शिक्षा दलित, उच्च शिक्षा अपांग, सीमान्कृत, लोपोन्मुख, द्वन्द्वपीडित, निजी साँझेदार कार्यक्रम, प्रादेशिक निर्वाचन क्षेत्र (आवासीय), उच्च शिक्षा प्राविधिक र प्रदेश स्थापनामा सहिद परिवार सन्तति छात्रवृत्ति गरेर नौ प्रकारका छात्रवृत्ति वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

१० हजारदेखि ४ लाखसम्म एकजनाले छात्रवृत्तिवापत पाउने कार्यविधिमा उल्लेख छ। द्वन्द्वपीडित छात्रवृत्ति १० हजारदेखि उच्च शिक्षा प्राविधिक छात्रवृत्ति डाक्टर पठाउन ४ लाखसम्म प्रदेश सरकारले दिने कार्यविधिमा राखिएको निर्देशनालयस्थित सामाजिक विकास शाखाका प्रमुख झलक कोइरालाले बताए। निर्देशनालयमार्फत छात्रवृत्तिका लागि सूचनासमेत खुलाइएको छ। छात्रवृत्ति छनोट समितिमार्फत नौ प्रकारका छात्रवृत्तिका लागि परेका आवेदन हेर्ने गरिन्छ। त्यस्तै बेरोजगार युवालाई लक्षित गरेर ब्युटिसियन, सिँचाइ कटाइ, प्लम्बर, कम्प्युटर, होजियारी, कम्प्युटर मर्मत, ड्राइभिङ तालिम कर्णालीका विभिन्न जिल्लामा गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको मानव संसाधन विकास केन्द्रका व्यावसायिक सीप तथा तालिम समन्वय शाखा प्रमुख पूर्णबहादुर उपाध्यायले बताए।

डाक्टर पढ्न छात्रवृत्ति

गुराँस गाउँपालिका र आठबिस नगरपालिका दैलेखले गरिब, जेहेनदार, आदिवासी जनजाति, द्वन्द्वपीडित र अपांग विद्यार्थीलाई विद्यालय शिक्षा र उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने नीति ल्याएको छ। गाउँपालिकामा प्राज्ञिक क्षेत्रको विकासका लागि विद्यावारिधि, इन्जिनियर, पाइलट, एमफिल अध्ययन गर्ने विद्यार्थीलाई एक लाख छात्रवृत्ति उपलब्ध गराउने भएको छ। यस्तै मेडिकल साइन्समा एमबिबिएस डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई सम्बन्धित कलेज या विश्वविद्यालयमा भर्ना गरिएको अभिलेखका आधारमा १० लाख रूपैयाँ छात्रवृत्ति उपलब्ध गराउने पालिकाले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App