१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताका समस्या सुनिदिन कोही नआएपछि म आफैंं मैदानमा आएको छु: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको नेतृत्व फेर्नुपर्ने समय आएको बताउँदै कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन्।

आज विरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा आफूले टेलिभिजनको पर्दाबाट देशका विभिन्न ठाउँका समस्याहरु समाधान गर्ने व्यक्तिको पर्खाइमा बसेको र कुनै पद खोजेर पार्टीमा आउन चाहनेलाई प्रवेश निषेध रहेको उनले बताएका हुन्।

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए। ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ उनले भने। यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न।’

नागरिकको समस्या सुनिदिने र समाधान गर्ने ठाउँ नै नभएको गुनासो गर्दै उनले समस्या सुनाउने ठाउँमा लागेका ताल्चा आफूले खोलिदिने दाबी गरेका छन्। उनले यसपटक पनि मत फेर्न नसके पाँच वर्ष फेरि दुःख पाइने बताए। कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनकाे भनाइ छ।

यस्तै देशका विभिन्न ठाउँमा देखिएका फोहोर आफ्नो नेतृत्वमा सफा हुने दाबी गर्दै लामिछानेले अब परिवर्तन गर्ने संकल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए। उनले भने ‘अब म कसैलाई कुर्दिनँ, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफैं मैदानमा आएको छु।’ सोही क्रममा लामिछानेले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको समेत बताएका छन्। 

प्रकाशित: १७ श्रावण २०७९ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App