१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लमजुङमा पहिरोले ३ घर बगायो, एकै परिवारका ४ जना बेपत्ता

फाइल तस्बिर

लमजुङमा पहिरोले ३ घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। अन्य एकजना घाइते अवस्थामा फेला परेका छन्।

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङका अनुसार क्व्होलासोथार गाउँपालिका–३ मा गयराति पहिरोले ३ वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा ७० वर्षीय एकजना वृद्ध, उनका ३६ वर्षीया बुहारी, अन्दाजी ७–८ वर्षकी र ४–५ वर्षकी दुईजना नातिनी रहेका उनले बताए।

प्रकाशित: १२ असार २०८१ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App