coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागीहरु।

कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानमा देखिएको चुनौतीबारे सरोकारवालबीच छलफल भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका क्षेत्रहरु पहिचान गर्ने, अनुसन्धानकर्ताबीच समन्वयको विकास गर्ने, कानूनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्ने, प्रस्तावित अनुसन्धान तथा अभियोजन निर्देशिकाको लागि राय सुझाव संकलन गर्नुपर्ने लगायतका विषयमा कर्णालीका प्रहरी प्रमुखहरु र सरोकारवाला निकायबीच छलफल भएको थियो।

प्रत्येक जिल्लाबाट प्रहरी प्रमुखले आफ्नो जिल्लामा भएको अपराध अनुसन्धानमा भइरहेको अवस्था र चुनौतीको बारेमा प्रस्तुत गरेका थिए। अपराध अनुसन्धानलाई त्रुटिरहित र प्रभावकारी बनाउन अनुसन्धान अधिकृतको भूमिकाको बारेमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ट उपरीक्षक कुबेर खापुङ्गले प्रष्ट पारेका थिए।

अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका क्षेत्रहरु पहिचान गर्न, अनुसन्धानमा रहेका कानूनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न,अनुसन्धानमा देखिएको समस्या र चुनौतीहरु सम्बाेधन गर्न र साँझा धाराणा गर्न र कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी र कार्यान्वयनमा एकरुपता कायम गर्ने उद्देश्यले अपराध र अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीको आयोजना गरिएको हो।

हराएको तथा फेला परेको व्यक्ति सम्बन्धी, फैसला कार्यान्वयनको अवस्था, हिरासत व्यवस्थापनको अवस्था, समस्या, समाधानका उपायहरु, समन्वय सहकार्य, भौतिक सबुत संकलनका समस्याहरु तथा समाधानका उपायहरु, पेण्डिङ केशहरुको अवस्था, मुलुकी फौजदारी संहिता तथा कार्यविधिमा उल्लेख गरिएका नयाँ कानूनी प्रावधानहरुको कार्यान्वयनको अवस्थाबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुख, सरकोकारवालाहरुविच छलफल भएको थियो।

अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन उपयूक्त रणनीतिहरु पहिचान गर्ने, अनुसन्धानलाई थप बस्तुनिष्ठ र प्रभावकारी हुने बनाउने लगायतका कुराहरुमा जोड दिन सहभागीहरुको आवाज रहेको छ। कार्यक्रममा १० जिल्लाका प्रहरी प्रमुखहरुले आफ्नो जिल्लाको अपराध अनुसन्धानको अवस्थाबारे प्रस्तुतीकरण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधव श्रेष्ठले बताए।

प्रकाशित: १९ श्रावण २०७९ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App