४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

कर्णाली प्रदेश:कांग्रेसले नाम सिफारिस गर्‍यो, मुख्यमन्त्रीले सपथ गराएनन्

कर्णाली प्रदेशमा सहभागी हुने मन्त्रीको नाम सत्ता साझेदार दल नेपाली कांग्रेसले सिफारिस गरेपनि मुख्यमन्त्री राजकुमार शर्माले ‘केन्द्रको निर्देशन’ भन्दै सपथ ग्रहण नगराएपछि कर्णालीमा विवाद सुरु भएको छ। कांग्रेसले मंगलबार आफ्नो भागमा परेका तीन वटा मन्त्रालयमा मन्त्रीहरुको नाम सिफारिस गरेको थियो।

कर्णाली प्रदेश: कांग्रेसले मन्त्रीको नाम टुंगो लगायो

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।

कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने

कर्णाली प्रदेशका सरकारको नेतृत्व आलोपालो गर्न सत्ता साझेदार दुई दल सहमत भएसँगै नेपाली कांग्रेस माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

कर्णाली प्रदेश: मन्त्रालय छोड्ने बेला योजना मन्त्री शाहद्धारा जथाभावी बजेट विनियोजन

आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाहले आफ्नो वडामा तीन करोड ८५ लाख रुपैयाँ पठाउँदा सिंगो सल्यान जिल्लामा एक रुपैयाँ पनि पठाएनन् ।

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराधः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताएका छन्।

प्रदेशभर सुझाव संकलन गर्दै प्रहरी

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभरका नागरिकसँग छलफल अन्तर्क्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।

कर्णालीमा फरार अभियूक्त पक्राउ

कर्णाली प्रदेशमा अदालतबाट कैंद तथा जरिवाना फैसला भएका तर, फरार रहेका अभियूक्तहरुलाई पछिल्लो समय प्रहरीले मिसन बनाएर धमाधम पक्राउ गरिरहेको छ।

दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका

‘दौडिन्छ कर्णाली’। एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरु जन्मिएका छन्। दौडेरै इतिहास लेखेका छन्। अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्मले इतिहास बनाएका छन। त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ। अब भने कर्णाली दशौं राष्ट्रिय खेलकुदको तयारीमा दौडिरहेको छ।

कर्णाली सरकारका पाँच वर्ष: सत्ता प्राप्तिका खेलकूद बढी, विकास सुस्त

सबै पालिकामा सडक पुर्‍याउने, घरघरमा विद्युत पुर्‍याउने, हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने र कर्णालीलाई पर्यटकीय हवका रुपमा विकास गर्ने शाहीका प्रतिवद्धता थिए।

कर्णाली जिल्लामा फागुन पहिलो साताबाट शैक्षिक सत्र: किताब कसले छाप्ने छैन टुंगो

प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन।

लागुऔषधसहित चारजना पक्राउ

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जमिनमुनि लुकाएको लागू औषधसहित चार जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका –३ पाथिभारा मन्दिर नजिकबाट प्रहरी टोलीले कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिली ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो।

‘जनयुद्ध’ दिवसमा कर्णाली सरकारले बिदा दिने

मन्त्रिपरिषद्कोे सोमबार बसेको बैठकले कर्णाली प्रदेशभार प्रदेश र स्थानीय तहका कार्यालयहरुमा मात्रै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्