४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृर्गौला प्रत्यारोपण

पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृर्गौलाको सफल प्रत्यारोपण भएको छ।

कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।

कर्णालीमा माछा उत्पादन न्यून

प्रदेश सरकारले माछापालन क्षेत्रमा ठोस कार्ययोजना नल्याउँदा किसान आकर्षित हुन सकेका छैनन्। जसले गर्दा कर्णालीमा उत्पादन गरेको माछा अपुग हुने गरेको छ। माछापालन गर्ने किसानको संख्या न्यून हुँदा माछा उत्पादन कम भएको हो।

लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए।

पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण: पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

कर्णालीमा सेनाले ‘रन फर यूनिटी’ आयोजना गर्ने

नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गरेको पार्टीको भएको बताउँछन्।

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।

कर्णाली प्रदेश: सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगियो

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। तीन दिनसम्मको लगातार छलफलपछि दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगिएको हो।

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन्।

अझै साक्षर घोषणा हुन सकेन कर्णाली

आव २०७५-७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो।

कर्णालीका विद्यालयमा सधैं पुस्तक अभाव

कर्णाली प्रदेशका विद्यालय तहका पुस्तक व्यवसायी चालु शैक्षिक सत्रकै पाठ्यपुस्तक कर्णालीमा नपुगेको गुनासो लिएर मंगलबार भक्तपुर, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आए।

सेटिङ्गमै चल्छन् ‘अवैध क्रसर उद्योग’

अनुगमनमा कर्णालीमा सबै उद्योगहरु अवैध रहेको प्रतिवेदन अनुगमन टोलीले सरकारलाई बुझायो। सरकारले अवैध सञ्चालन भएका क्रसर उद्योग बन्द गर्न निर्देशन दियो। फेरि एक वर्षअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा अनुगमन भयो।

कर्णालीमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घनका घटना

सन २०२२ मा कर्णाली प्रदेशमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्