२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा सेनाले ‘रन फर यूनिटी’ आयोजना गर्ने

वीरेन्द्रनगरमा सेनाले गर्ने ‘रन फर यूनिटि’ बारेमा जानकारी दिदैं श्री उत्तर पश्चिम पृतना हेडक्वाटरका पृतनापति हिरालाल जोशी । तस्बिर: गोविन्द केसी/नागरिक

नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ। खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारेले माघ २१ गते शनिवार एकताका लागि दौड प्रतियोगिता हुने भएको हो।

करिव १ हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दुरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ। ५ किलोमिटर, १० किलोमिटर वीरेन्द्रनगरको खुल्ला मञ्चबाट दौड सुरु हुने जनाइएको छ। ५ किलोमिटर दौडमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पाउने छन् भने, १० किलोमिटर दौडमा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार र प्रमाणपत्र श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारेले जनाएको छ।

खेलकुदको विकासमा टेवा पु¥याउन, विद्यार्थी  तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न, राष्ट्रियता, संस्कृती जर्गेना गर्ने माध्यम, सैनिक सामाग्री तथा फोटो प्रर्दशनीबाट नेपाली सेनको बारेमा बुझ्न र सेनाको महत्व विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको सेनाले जनाएको छ। जनअपेक्षा बमोजिम सेनाले विकासदेखि विपतसम्म जनतासंग मिलेर हातेमालोका साथ काम गरिरहेको श्री उत्तर पश्चिम पृतना हेडक्वाटरका पृतनापति हिरालाल जोशीले बताए।

स्थानीय नागरिकहरु, खेलकुद क्वल, सांस्कृतिक समुहहरु, प्रदेश सरकारका उच्च पदस्त ब्यक्तिहरु, प्रदेश मन्त्रालय तथा कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, गैरसरकारी संस्था तथा विभिन्न सामाजिक सेवामा अग्रसर ब्यक्तिहरु, विद्यार्थी, शिक्षक, ब्यवसायी, बैंक तथा वित्तिय संथाका कर्मचारी, नेपाली सेनाका भु.पू. सैनिकहरु दौडमा सहभागी हुने छन्। सबै दौडमा महिला पूरुषहरु छुटटाछुटटै प्रतिस्पर्धा हुने छ। उत्तर पश्चिम पृतना हेडक्वाटरले अर्धवार्षिक कार्य प्रगति समेत सार्वजनिक गरेको थियो। दौड प्रतियोगितको दिन वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरुको प्रर्दशनी गर्ने जनाएको छ।  

प्रकाशित: १६ माघ २०७९ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App