coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश: कांग्रेसले मन्त्रीको नाम टुंगो लगायो

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत- 'क' बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा 'ख' बाट निर्वाचित बेदराज सिंह र दैलेख-१ 'क' बाट निर्वाचित सांसद कृष्णकुमार विसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकास मन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र विसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुने छन्।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा-आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।

सो सहमती कार्यान्वयन गर्नका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ। त्यस लगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खाने छन्।

प्रकाशित: ५ वैशाख २०८० ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App