६ आश्विन २०८१ आइतबार
image/svg+xml

करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाइते

कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।

डेंगुबाट हेटौँडामा एक जनाको मृत्यु

डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

पोखरीमा डुबेर दाजुभाईको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ बगहीमा पोखरीमा डबुेर दाजु भाईकोे मृत्यु भएको छ। मंगलबार साँझदेखि हराएका दुबै जनाको शव घर नजिकैको पोखरीमा फेला परेको हो।

संखुवासभा कारागारमा दुई कैदीको मृत्युबारे अनुसन्धान गर्न छानबिन समिति

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ। बुधबार बिहान कारागारभित्र अर्धचेत अवस्थामा फेला परेका दुइ कैदीको उपचारको क्रममा निधन भएको जिल्ला कारागार संखुवासभाले जनाएको छ।

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

बसले ठक्कर दिँदा एकै पटक १० गाई गोरुको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ।

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु भएको छ।

भारतमा कार दुर्घटनामा परी नेपालगन्जका छ जनाको मृत्यु

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।

एक बर्षमा ६ सय २२ मातृ मृत्यु, कुन जिल्लामा कति ?(सूचीसहित)

नेपालमा एकबर्षको अवधिमा ६ सय २२ जनाको मातृ मृत्यु भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुसंगको सहकार्यमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।

नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

कर्णालीमा लम्पी स्किनः ९ हजार बढी पशुचौपायको मृत्यु

लम्पी स्किन भाइरसका कारण कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको मृत्यु भएको छ।

विष सेवनबाट एक जना पुरुषको मृत्यु

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्