३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

संखुवासभा कारागारमा दुई कैदीको मृत्युबारे अनुसन्धान गर्न छानबिन समिति

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ। बुधबार बिहान कारागारभित्र अर्धचेत अवस्थामा फेला परेका दुइ कैदीको उपचारको क्रममा निधन भएको जिल्ला कारागार संखुवासभाले जनाएको छ।  

निधन हुनेमा  मादी नगरपालिका-५, संखुवासभाका  १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन्।  

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार आज बिहान २ बजेतिर कारागारबाट भाग्न खोजेका उनीहरूलाइ सुरक्षामा रहेको प्रहरीले देखेपछि समातेर पुनः कारागारमा उनीहरू पहिले बसेकै सेलमा राखेका थिए। तर बिहान कैदीबन्दीबीच हल्ला भएपछि कारागार प्रशासन कर्मचारीले गएर हेर्दा सिकिस्त अवस्थामा भेटेको र उपचारको क्रममा निधन भएको सहायक प्रजिअ घिमिरेले बताए।  

'उनीहरू राती शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका रैछन्। कारागारका प्रहरीले समातेर पुनः जेलमै राखेका थिए। तर बिहान कैदीबन्दीहरूबीच नै हो हल्ला भएपछि गएर हेर्दा अर्धचेत भेटिएको कारागार प्रशासनले भनेको छ। दुइ मिनेटको दुरीमा रहेको अस्पतालमा पुर्याएर उपचार गर्ने क्रममा उनीहरूको बिहान ७ बजेतिर निधन भएको हो।' उनले भने। 

उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति बनाइएको छ। 'जेल भित्र के भएको थाहा छैन। घटनाको बारेमा अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति बनाइएको छ। समितिले १० दिन भित्र रिपोर्ट दिन्छ', उनले भने। 

प्रकाशित: २४ श्रावण २०८० ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App