१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डुबेका बालकको मृत्यु

खोलामा डुबेर घाइते भएका मोरङको कटहरी गाउँपालिकाका एक बालकको आज बिहान मृत्यु भएको छ।

डुबेर घाइते भएका अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।कटहरी–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर घाइते भएका साहको सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बालक बिहान सवा ६ बजेतिर नुहाउनका लागि खोलामा गएको खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘स्थानीयले बालकलाई खोलमा डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरे।स्थानीय र प्रहरीले तत्कालै बालकको खोलाबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।’

उपचारका लागि बालकलाई अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको हो।मृतक बालकको शव पोस्टमार्टम लागि कोशी अस्पताल लगिएको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८० १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App