१० मंसिर २०८१ सोमबार
image/svg+xml

निर्मला हत्याको दोषी अझै गुमनाम

आरोप स्विकारेका प्रदीप रावल र विशाल चौधरी डिएनए नमिलेर रिहा भएपछि प्रहरीले अझ सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ। ‘हामी सबै कोणबाट र सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं’, अनुसन्धान अधिकृत कृष्ण ओझाले भने। अहिलेसम्म कुनै भन्न लायक प्रगति नभएको प्रहरीको भनाइ छ।

अमृतसर रेल दुर्घटना, दोषी खोज्दै भारत

भारतको उत्तरी राज्य पंजाबस्थित अमृतसर सहरमा गत शुक्रबार बालबालिकासहित ५८ जनाको ज्यान जाने गरी एउटा रेल मानिसको भीडमा जोताइएको घटनाका प्रमुख दोषीबारे अझै अनुसन्धान भइरहेको बताइएको छ।

ग्याजेटले दृष्टिदोष

अचेल तपाईंहामी धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल, आइप्याड, ट्याब्लेटजस्ता ग्याजेट धेरै सयमसम्म खेलाउन दिने गरेका छौं।

‘सम्पूर्ण दोष थोपर्नु गलत’

बर्खास्तगीमा परेका श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले एसिया कपको समूहचरणबाट बाहिरिनुको सम्पूर्ण दोष आफूमाथि थोपर्दै श्रीलंका क्रिकेट बोर्डले आफ्नो कमजोरी लुकाउने काम गरेको आरोप लगाएका छन्।

हु किल्ड निर्मला

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भैसकेको छ। निर्मलाको हत्याबारे धेरै तथ्य बाहिर आएको भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन र पीडित पक्षलार्इ न्याय दिलाउन सकेको छैन।

निर्दोषलाई अपराध सकार्न ‘दबाब’

निर्मला पन्त हत्याका वास्तविक अपराधी जोगाउन प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको आरोप लागेको छ । प्रहरीले निर्मलाको हत्या भएलगत्तै कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो।

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन्।

अझै पत्ता लागेन बालिका हत्याका दोषी

कञ्चनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखाम महुलिया घर भएकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अझै पत्ता लाग्न सकेको छैन।

मलेठ घटनामा एमाले र मोर्चा दोषी : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले ५ जनाको ज्यान जानेगरी भएको मलेठ घटनामा दुवै पक्ष दोषी देखिएको निष्कर्ष निकालेको छ।

‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।

‘मानवताविरोधी अपराधमा सैन्य नेतृत्व दोषी’

रोहिन्जा मुसलमानमाथिको व्यवस्थित आक्रमणका लागि म्यानमारका उच्च सैनिक अधिकारीविरुद्ध मानवताविरोधी अपराधमा मुद्दा चलाइनुपर्ने एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

रुख काटिदैन, पोल सारिदैन, ठेकेदार दोषी हैनन्ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन्। काम ढिलो हुनुमा ठेकेदार मात्र दोषि नरहेको बताउँदै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

ठेकेदारसँगै सरकारी कर्मचारी पनि दोषी

गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारको विवरण संकलन गरी कारबाही गर्न निर्देशन दिएपछि योजना निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्ती छताछुल्ल भएको छ। समयमा योजना सम्पन्न नहुनुमा ठेकेदार मात्र नभई ठेक्का सम्झौता गर्ने सरकारी कार्यालय पनि दोषी भएको जानकार बताउँछन्।

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्