१० मंसिर २०८१ सोमबार
image/svg+xml

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

‘वैदेशिक लगानी आउन नसक्नुमा सरकारको दोष छ’

करोडौंको कारोबार । पाँच उद्योगमा काम गर्ने सयौं कर्मचारीलाई गर्नुपर्ने खटनपटन । प्रविधिको तीव्र परिवर्तन । असहयोगी कर्मचारीतन्त्र । राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनुपर्ने उस्तै दबाब । अनिश्चित औद्योगिक माहोल । देशका विभिन्न भागमा रहेका उद्योगको हालखबर बुझ्न पटक–पटक गरिरहनु पर्ने दौडधुप ।

देउवा मात्र दोषी हुन्?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। देउवाका आठपहरिया बाहेक अरूसबै नेताले निर्वाचनमा भएको पराजयको जिम्मा पार्टीका सभापति देउवाले लिनुपर्ने, उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र आत्मालोचना तथा लज्जाबोध गर्नुपर्ने बताएका छन्।

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।

धर्मगुरू आशाराम दोषी ठहर

नाबालिका बलात्कारको आरोप लागेका भारतीय धर्मगुरू आशारामलाई भारतको जोधपुर अदालतले दोषी ठहर गरेको छ।

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।

राजपाल यादव दोषी ठहर, जेल जानसक्ने

बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गरेको हो।

गीत चोरी प्रकरण : ‘दोषी’कै ठूलो स्वर !

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’

वन फँडानीका दोषी छुटाउन प्रदर्शन

आफ्नो गल्ती ढाकछोप गर्न बढैयाताल गाउँपालिका –३ स्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले गरेको प्रर्दशनबाट सेक्टर वन कार्यालय, मैनापोखर बुधबार तनावग्रस्त बन्यो।

हारको दोष बल टेम्परिङलाई

अस्ट्रेलियाका कप्तान टिम पायनेले मंगलबार दक्षिण अफ्रिकालाई चौथो टेस्टमा मंगलबार ४ सय ९२ रनको फराकिलो नजिता सुम्पनुमा हालै सार्वजनिक भएको बल–टेम्परिङको घटना प्रमुख कारण भएको बताएका छन्।

जेल परेको २ महिनामा निर्दोष ठहर भएपछि...

फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्।

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोषीसँग नाम मिल्दा निर्दोष ‘चतुरे’ जेलमा

गाउँघरमा बोलाउने नाम ‘चतुरे’ भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् । चोरी मुद्दा लागेका ‘चतुरे’ सँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।  लिखु गाउँपालिका ६ धोक्रेका चतुरे तामाङलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो । बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए।

दोषीमाथि कारबाही गर

नेपालको चिकित्सा शिक्षा क्षेत्रमा मौलाएको विकृति हटाई यसमा सुधार गर्नुपर्ने बहस टड्कारो रुपमा उठेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा.गोविन्द केसीले निरन्तर आवाज उठाउँदै आएका छन् । यही क्रममा डा.केसीले चिकित्सा क्षेत्रमा मेडिकल कलेजका सम्बन्धन र सिट निर्धारणलगायतका विषयमा छानबिन गर्न पटकपटक माग गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्