२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता

पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ ।

पोखरा खुला रहेको सन्देश दिन खोजेका हौं

पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।

‘पोखरा सडक महोत्सव’ तीनदिन मात्र

पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्षको स्वागत गर्दै रेबानले हरेकवर्ष एकै समय र अवधिका लागि यहाँ सडक महोत्सव आयोजना गर्दै आईरहेको छ।

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।

विश्व बाल कविता महोत्सवमा प्रथम भइन् बर्दियाकी प्रश्ना

शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए ।

खुमलटारमा रोपाईं महोत्सव

आज असार १५, विविध कार्यक्रम गरी देशैभर राष्ट्रिय धान दिवस मनाइदैछ। ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ।

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

भेनिस फिल्म महोत्सव सेप्टेम्बरमा हुने

भेनेटोका गभर्नर लुका जाइयाले आगामी सेप्टेम्बर २ देखि १२ मा आयोजना हुने संसारको सबैभन्दा पुरानो भेनिस फिल्म महोत्सवले निरन्तरता पाउने जानकारी गराएका थिए । उनले आयोजकलाई कोरोना भाइरस महामारीको अवस्थामा यस वर्ष तुलनात्मक रूपमा कम फिल्महरू प्रदर्शन गर्न सुझाव दिएका थिए ।

सांघाई फिल्म महोत्सव स्थगित

चीनको सबभन्दा पुरानो र प्रतिष्ठित सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरोना भाइरस महामारीको सिकार भएको छ । बुधबार आयोजकहरूले आगामी जुन १३ देखि २३ सम्म हुने तय भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २३ औं संस्करण निर्धारित मितिमा योजना अनुसार अगाडि नबढ्ने जानकारी गराएका छन् ।

पहिलो राष्ट्रिय बालकविता महोत्सव हुने

शैली थिएटर र ईसानको सहकार्यमा पहिलो रास्ट्रिय बालकविता महोत्सव २०७७ आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सवमा विधालय स्तरको कविता प्रतियोगिता भएको हँुदा  शैक्षिक सत्र २०७६ मा  एसइइ दिने विद्यार्थी वा सो भन्दा तल्लो कक्षामा अध्यनरत विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन्।

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ सकियो

१६ दिने ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ नामक ‘भर्चुअल नाटक महोत्सव’ समापन भएको छ। कर्णालीको नाटक ‘गर्भछिटा’ र गुरुकुलको नाटक ‘ताराबजी लैलै’ देखाएर शनिबार महोत्सवको समापन गरिएको हो।

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।

फिल्मदेखि महोत्सव ठप्प

कर्णाली वरपर सुटिङ सिध्याइएको ‘एका देशको कथा’ फिल्म प्रिमियरको तयारी हुँदै थियो। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायर्तेलगत्तै चैतको दोस्रो साता हुने भनिएको फिल्मको प्रिमियर स्थगित गरिएको छ।

सातौँ ढाँढण महोत्सव सम्पन्न

सातौँ ढाँढण महोत्सव नेपालमा सम्पन्न भएको छ। महोत्सव समिति कलकत्ता भारत र महोत्सव समिति नेपालद्वारा आयोजना गरिएको उक्त महोत्सव मंगलबार पशुपतिनाथको दर्शन गरी बुधबार सोल्टी व्याङक्वीटमा भजन कृतन, चण्डनी, गजरा, उत्सव, मंगलपाठ तिर्थदर्शन गरेर सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

कान्सद्वारा महोत्सव रद्द हुने हल्ला अस्वीकार

संसारभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण फ्रान्सेली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको यस वर्ष महोत्सव रद्द हुने रिपोर्ट सत्य नभएको दाबी कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजकले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्