२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुआथाईमा नेपालका राजु र बरुण थाइल्याण्डसँग भिड्दै

अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवमा प्रतिस्पर्धाका लागि नेपालका दुई मुआथाई खेलाडी थाईल्याण्ड पुगेका छन्। मार्च ८ देखि मार्च १७ सम्म सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवका लागि नेपालको प्रतिनिधित्व गर्दै काठमाडौं बुढानिलकण्ठ–५ निवासी राजु राई र खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका बरुण घले गुरुङ थाइल्याण्ड पुगेका हुन्।

कोरोना त्रास : महोत्सव, भेला गर्न रोक

कोरोना भाइरसको महामारी प्रवेश हुन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक भेला, महोत्सवजस्ता भिडभाड हुने कार्यक्रममा रोक लगाएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जात्रा पर्व, मेला, महोत्सवजस्ता कार्यक्रम नगर्न नगराउन जिल्लाबासीलाई अनुरोध गरेको छ।

बुटवलमा घरेलु साना तथा औद्याेगिक महोत्सव सुरू

बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्याेगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको महोत्सवलाई महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका हुन्। उनले महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि महोत्सवले टेवा पुर्‍याउने बताए। उनले सरकारी निकायले घरेलु उत्पादन बढाउँनु पर्ने जोड दिए।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो सुकुटे महोत्सव

भोटेकोसी र सुनकोसी नदीका निश्चित क्षेत्रलाई र्‍याफ्टिङ जोनको रुपमा विकास गर्न नदीजन्य उत्खनन्लाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरेर प्रथम सुकुटे महोत्सव मंगलबार सकिएको छ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित

कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ।

बर्लिनमा एसियाली फिल्मको वर्चस्व

यस वर्षको बर्लिन फिल्म महोत्सवमा महोमम्द रसौलौफको इरानी फिल्म ‘देर इज नो इभिल’ उत्कृष्ट हुँदै गोल्डन वियर जितेको छ।

बहानेपोखरी महोत्सवमा ४० लाखको कारोबार

करिब ४० लाखको कारोबार गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाको राखाबांदेलमा आयोजित बहानेपोखरी महोत्सव सम्पन्न भएको छ।

बहानेपोखरी महोत्सवमा ४० लाख बढीको कारोबार

करिब ४० लाखको कारोबार गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित बहानेपोखरी महोत्सव सम्पन्न भएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न भएको हो।

काँठे लोकदोहोरी महोत्सव सुरु

काठमाडौं उपत्यका वरपरको मौलित गीतहरूको संरक्षण गर्न प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ।

प्रथम सुकुटे महोत्सव सुरु, सुनकोशीमा जेटबोट सञ्चालनमा (फाेटाेफिचर)

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रथम सुकुटे महोत्सव शनिबार सुरु भएको छ। चार दिन चल्ने महोत्सवको नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।

सुरु भयो ‘विश्व नेपाली साहित्य महोत्सव’

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। बुधबार धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम कला, साहित्य र संस्कृतिका उर्वरभूमि रहेको बताएकी थिइन्।

दिक्तेल महोत्सवमा साढे एक करोडबराबरको कारोबार

खोटाङको दिक्तेलमा आयोजित प्रथम दिक्तेल महोत्सवमा साँढे एक करोडभन्दा बढीको कारोबार भएको छ।

सुकुटे महोत्सवमा ३० प्रतिशत छुट

उत्तेजक पानीका भंगालासहित कलकल बग्ने सुनकोसी नदीमा साहसिक खेल र्‍याफ्टिङको आनन्द लिन चाहानुहुन्छ ? यदि, चाहानुहुन्छ भने सहुलियत शुल्कमा र्‍याफ्टिङ बोट खियाउँदै सुनकोसीको चिसो पानीमा हुर्केका असला माछाको परिकार चाख्दै र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिने अवसर जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्