२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुटवलमा घरेलु साना तथा औद्याेगिक महोत्सव सुरू

रूपन्देही– बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्याेगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको  महोत्सवलाई  महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका हुन्। उनले महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि महोत्सवले टेवा पुर्‍याउने बताए। उनले सरकारी निकायले घरेलु उत्पादन बढाउँनु पर्ने जोड दिए।

एफ.एन.सी.सी.आई. महिला उद्यमी समिति केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु) ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो कुरा रहेको बताईन्। मेलामा महिलाहरुले उत्पादान गरेको समाग्रीहरुलाई  बजारसम्म लग्न थप सहयोग पुग्ने तर्क गरिन्।

प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले कोरोनाको त्रासले गर्दा मेलाको पहिलो दिनमा उपस्थितीको संख्या कम भएपनि भोलीका अर्काे दिनबाट संख्या बढ्ने बताईन्। उनले लघु घरेलु तथा सानाउ द्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमसिलताका बस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राखिएको बताईन्।
महोत्सव भित्र निर्माण भएका उत्कृष्ट स्थल यस महोत्सवको प्रमुख आर्कषण रहेको बताउँदै उनले महिला उद्यमशिलता, लघुु उद्यमशिलता तथा हस्तकलाका उत्पादित सामाग्रीहरुलाई प्रोत्साह नगर्दै उपभोभोक्ताहरुको रुचि, चाहना र आवश्यकतालाई उत्पादकहरु सम्म पु¥याउने बताईन् ।

मेलाको पहिलो दिन औपचारीक कार्यक्रम मात्रै भएपनि दोस्रो दिनबाट नियममित मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ। चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु छन्।  महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिइएको महोत्सवले स्थानीय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा समेत राखिएको छ।

महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन् । 

पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी, बैंक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी, विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रीहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।

झण्डै एक करोड बराबारको आर्थिक कारोवार सहित ३ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य पनि  राखिएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७६ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App