पाँच दशकको संघर्षपछि बल्ल राष्ट्रियसभामा चिनिएका युवराज शर्मा
नेपाली कांग्रेसका पुराना नेता हुन्, युवराज शर्मा। तर, पार्टी राजनीतिको झन्डै पाँच दशकपछि मात्र उनलाई २०७८ मा कांग्रेसले तत्कालीन सत्तारूढ पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गरायो।