२८ माघ २०८२ बुधबार
image/svg+xml

बर्दिया २ः पुराना उम्मेदवारलाई चुनावी सकस

बर्दिया क्षेत्र नम्बर २ मा पुराना दलका पुराना उम्मेदवारमात्र हैन नयाँ दलका युवा उम्मेदवारहरु पनि गाउँगाउँमा आफ्ना एजेन्डा र योजना सुनाउँदै भोट मागिरहेका छन्

‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

ताप्लेजुङका प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने, छानिए ६१ स्वयंसेवक

बदर मत घटाउनेदेखि सहि तरिकाले मतदान गर्ने, मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने तरिकाबारे समेत मतदाता स्वयंसेवकले मतदातालाई जानकारी गराउने छन् ।

सगरमाथा चौधरी आँखा अस्पतालः ४३ वर्षमा करिब दुई करोड आँखा बिरामीको उपचार

अस्पतालका प्रमुख प्रशासक अभिषेक रोशनका अनुसार सन् २०२५ मा मात्र यस अस्पतालले ७ लाख ४२ हजार ८ सय ४२ जना आँखा बिरामीको उपचार गरेको छ ।

लमजुङको मर्स्याङ्दीमा जिप दुर्घटना: एकको मृत्यु, ७ जना घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेस्थित भित्री सडकखण्डमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

तिहाड जेलमा बन्द राजपाललाई नेतादेखि कलाकारसम्मको साथ

राजपाल यादव बलिउडका सबैभन्दा प्रतिभाशाली र हास्य कलाकारहरू मध्ये एक हुन्। उनले चलचित्रहरूमा सहायक र क्यारेक्टर भूमिकामा पनि आफ्नो अलग पहिचान बनाएका छन्।

जुम्लामा उम्मेदवारसँग खुला बहस, समृद्धि–सुशासन एजेन्डा

कर्णाली प्रदेश संयोजक सु–प्रिय राजलक्ष्मी शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूसँग खुला अन्तरसंवाद गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

साहित्यकार जितेन्द्र रसिकको अठाराैं कृति ‘साइबोर्ग’ लाेकार्पण

साहित्यकार जितेन्द्र रसिकको अठाराैं कृति ‘साइबोर्ग’ बालउपन्यास सार्वजनिक भएको छ।

राष्ट्रिय मुक्ति पार्टीको प्रतिबद्धता : दश वर्षमै पाँच सय अर्ब डलरको जिडिपी लक्ष्य

पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका केन्द्रीय सदस्यहरूको उपस्थितिमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालको हालको करिब ४२ अर्ब डलरको जिडिपीलाई ५०० अरब डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक सेवाहरूलाई सरल, शीघ्र र सुलभ बनाउन सरकार संवेदनशील रहेको बताइन्। ‘नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्रलगायतका सार्वजनिक सेवा सरल, शीघ्र र सुलभ ढंगले प्रदान गर्न सरकार संवेदनशील भई लागिपरेको छ’, उनले भनिन्।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले काम गरिरहेका छ: अख्तियार प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ ।

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

गत आवको छ महिनामा भने ५८८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्जको सुक्खा बन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ। एक पटकमा रेल्वे र्‍याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्।

‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्