२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

निर्वाचनविरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान होः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी (पूर्णपाठसहित)

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ।

१,८९,०३,६८९

लोकतान्त्रिक व्यवस्थाको विकल्प भनेको झन् बढी लोकतन्त्र हो भन्नेमा अब कसैको द्विविधा छैन। यसैलाई फलाउन, फुलाउन र यसैका माध्यमबाट मुलुकलाई अग्रगमनतर्फ लैजान सबैको ऐक्यबद्धता र प्रतिबद्धता रहेको छ। यो निर्वाचनले नि:सन्देह आमनागरिकका अपेक्षा पूरा गर्न मद्दत गर्नेछ।

लागु औषधसहित चार जना पक्राउ

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन्।

रुपन्देही-२ : रास्वपा उम्मेदवार खरेलको सचिवालयमा आक्रमण

रुपन्देही क्षेत्र नम्बर-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको सचिवालयमा अज्ञात समूहले आक्रमण गरेको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धस्थित सचिवालयमा प्रवेश गरेर बुधबार राति आक्रमण भएको हो।

पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह

भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ।

भोलि भोट खसाल्ने दिन देशभरको मौसम सफा रहने: कतै पनि वर्षा नहुने

आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ ।

पश्चिम एसिया संकट: परराष्ट्रमा २४ सै घण्टा ‘कन्ट्रोल रुम’, मागपत्र प्रमाणीकरण रोक्न निर्देशन

पश्चिम एसियामा विकसित युद्धको तनावपूर्ण घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर सरकारले उच्च सतर्कता अपनाएको छ।

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ ।

६ वटा परिचयपत्रबाट भोट हाल्न पाइने, एउटा सक्कली चाहिने

निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

अमेरिकाले ‘टर्पेडो’ प्रहार गरी डुबाइदियो इरानी युद्धपोत, ८० जनाको मृत्यु

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीबाट ‘टर्पेडो’ प्रहार गरी इरानी युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको दाबी गरेका हुन्। उक्त आक्रमणमा परी ८० जना इरानी नौसैनिकको मृत्यु भएको बताइएको छ।

भक्तपुरको नमूना मतदान केन्द्र: जहाँ महिलाले सम्हाले निर्वाचनको कमाण्ड

तीमध्ये मध्यपुर थिमि नगरपालिका वडा नं ९, बोदेस्थित मतदान केन्द्र विशेष रूपमा नमूना केन्द्रको रूपमा विकास गरिएको छ, जहाँ सम्पूर्ण जिम्मेवारी महिलाले निभाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्