भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ।
निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरुका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरुको उपस्थिति थियो।
प्रकाशित: २० फाल्गुन २०८२ २१:२४ बुधबार





