११ मंसिर २०८१ मंगलबार
image/svg+xml

च्याम्पियन्स लिग: रियाल र सिटी सेमिफाइनलमा

स्पेनिस क्लब रियाल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुललाई समग्रमा ३–१ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउँदा बुधबारै प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई समग्रमा ४–२ ले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।

विराट गोल्डकपः अफ्रिकनलाई पुनः हराउँदै संकटा सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा मंगलबार राति भएको खेलमा काठमाडौंको संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मेयर कप ब्याडमिन्टन प्रतियोगिताः सिमा राजबंशी सेमिफाइनलमा

कस्तुरी कलेज इटहरीकी सिमा राजबंशी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन्।

विराट गोल्डकपः क्वाटरफाइनलमा पंजाब पुलिस, अन्तिम समयमा आएन मनाङ

भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।

अफ्रिकन रुट्स सेमिफाइनलमा

हेटौंडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अफ्रिकन रुट्स एसोसिएसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

दिल्लीलाई अवसर

पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।

नाडालको घरमा जोकोभिचको चुनौती

जोकोभिचले यस पटकको फ्रेन्च ओपन जितेमा चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगासमेत पार गर्नेछन्। दुवै स्टारले ५६औं पटक एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा जोकोभिचले २९ जित आफ्नो नाममा लेखाएका छन्।

लिपजिग पहिलो पटक क्वार्टरफाइनलमा

बुन्डेसलिगा क्लब आरबी लिपजिगसँग अन्तिम १६ दोस्रो लेगमा ३–० ले स्तब्ध हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन असफल भएसँगै टोटेनह्यामका मिडफिल्डर डिले अलीले खेलाडीको मानसिकतामाथि प्रश्न उठाएका छन्।

सिक्किम सेमिफाइनलमा

आयोजक बागमती नगरपालिका टोलीलाई १–० गोलले पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब, सिक्किम मंगलबार सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।

एकेडेमिया र पाटन फाइनलमा

एकेडेमिया र पाटन बहुमुखी क्याम्पस मंगलबार आठौं बिएससी–सिएसआइटी कप राष्ट्रव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

आर्मी सेमिफाइनलमा

पोखरामा जारी आहा ! रारा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्