२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एकेडेमिया र पाटन फाइनलमा

म्यान अफ दी म्याच घोषित पाटनका हिमांशु थापा। तस्बिर : नागरिक

काठमाडौं – एकेडेमिया र पाटन बहुमुखी क्याम्पस मंगलबार आठौं बिएससी–सिएसआइटी कप राष्ट्रव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

न्यु समिट कलेजको आयोजनामा मूलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित गर्‍यो।  १ सय २७ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ओभर खेले पनि सात विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सकेपछि एकेडेमियाले जित हात पार्‍यो। भक्तपुरका सौरभ श्रेष्ठले नटआउट २० रन जोडे पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो। ‘म्यान अफ दी म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाएका थिए। अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो। ९४ रनको झीनो लक्ष्य पछ्याएको अस्कल १३ ओभरमा ५२ रनमै समेटिएपछि पाटनले रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भयो।

अस्कलका अर्पण अधिकारीले २७ रन र आशिष साउदले १३ रनको योगदान दिए। त्यसअघि पाटनले १८ ओभरमा १० विकेट गुमाउँदै ९३ रन जोडेको थियो। पाटनका हिमाल ज्ञवालीले १८ रन तथा राजु शाहले १७ रन बटुलेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App