१० असार २०८१ सोमबार
image/svg+xml
खेल

दिल्लीलाई अवसर

आइपिएल २०२०

शिखर धवन

रोहित शर्माको मुम्बई इन्डियन्स मंगलबार इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा दिल्ली क्यापिटल्सको सामना गर्दा उपाधि रक्षाको लक्ष्यमा हुनेछ। तर श्रेयस ऐयरको दिल्ली भने मुम्बईको सो लक्ष्यमा बाधा पु-याउने योजनामा छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको मारमा परेको १३औं संस्करणको आइपिएल फाइनल दुबई रंगशालामा हुनेछ। खेलदौरान प्रत्यक्ष दर्शक उपस्थित नभए पनि विश्वभर २ करोड मानिसले टेलिभिजनमा मुम्बई र दिल्लीको उपाधि भिडन्त हेर्ने अनुमान गरिएको छ।  

पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो। रिक्की पोन्टिङको टोलीले मुम्बईलाई रोकेमा आइपिएलले नयाँ विजेता पाउनेछ। मुम्बईले यसअघि २०१३,२०१५,२०१७ र २०१९ गरी कीर्तिमानी ४ पटक आइपिएलको उपाधि जितिसकेको छ।

२५ वर्षे ऐयरको कप्तानी र पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीलाई यस सिजन आइपिएलमा अप्रत्याशित टोलीका रूपमा हेरिएको थियो। तर दिल्लीको फाइनल यात्रा भने त्यति सहज थिएन।

पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।  

दिल्लीले सिजनको सुरुआतमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यस क्रममा दिल्लीले सुरुआती ९ मा ७ खेल जितेको थियो र टोलीले निरन्तर मुम्बईलाई शीर्ष स्थानमा चुनौती दिएको थियो। तर त्यसपछि लगातार ४ खेलमा हार व्यहोरेसँगै दिल्लीको शीर्ष ४ मा बस्दै प्लेअफ प्रवेश गर्ने लक्ष्य कठिन बनेको थियो। दिल्लीले यस सिजन समूहचरणमा दुई र प्लेअफमा एक गरी  तीन खेलमा रोहितको टोलीलाई नतिजा सुम्पिसकेको छ।  

ओपनर शेखर धवन ब्याटिङ र तीव्र गतिका बलर कागिसो रबाडा बलिङमा चम्कँदा ऐयरले धैर्यताका साथ प्रदर्शन गरे पहिलो आइपिएल उपाधि टाढा नरहेको बताए।

‘धेरै उतारचढावपछि हामी फाइनल प्रवेश गरेका छांै। तर पनि हामी सधैं एक छौं,’ ऐयरले भने, ‘कप्तानको रूपमा पनि धेरै जिम्मेवारी बढेको छ। त्योभन्दा महŒवपूर्ण भनेको मैले शीर्ष क्रममा ब्याटिङमा स्वाभाविक लयको प्रदर्शन गर्न आवश्यक छ। फाइनलमा पनि हामीले हैदराबादविरुद्धको जस्तै दबाबरहित प्रदर्शन गर्न जरुरी छ।’  

ऐयरको ब्याटिङ लयअनुसार चल्न सकेको छैन। तर २ शतक प्रहार गरेका धवन तथा अस्ट्रेलियाका मार्कुस स्टोइनिस र वेस्ट इन्डिजका सिमरन हेटमायरले दिल्लीका लागि ब्याटिङमा उल्लेख्य योगदान गर्दै आएका छन्।  

त्यस्तै यस सिजन २९ विकेट लिइसकेका रबाडाले  दिल्लीको बलिङ मोर्चा सम्हालेका छन् भने २० विकेट लिएका एनरिच नोर्टजेले उनलाई दरिलो साथ दिँदै आएका छन्।  

मुम्बईले २०१३ मा पहिलो पटक आइपिएलको उपाधि जित्दा पोन्टिङ टोलीका प्रशिक्षक थिए, जो अहिल दिल्लीको प्रशिक्षण सम्हालिरहेका छन्।  

ह्यामस्ट्रिङको समस्याका कारण रोहितले पछिल्लो केही खेलमा स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनन् तर क्विन्टन डी कक, ईशान शर्मा, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याको लय दिल्लीका लागि फेरि एक पटक टाउको दुखाइ बन्न सक्छ। त्यस्तै जसप्रीत बुमराह र ट्रेन्ट बोल्टको बलिङ जोडी दिल्लीका ब्याट्सम्यानमाथि हाबी बन्न सक्छ।  

‘टोलीमा क्षमतावान् खेलाडी छन्, सबैले दिइएको जिम्मेवारीका साथ प्रदर्शन गरिरहेका छन् र यो नै टोलीको मुख्य हतियार हो,’ पहिलो क्वालिफायरमा दिल्लीमाथिको जितपछि रोहितले भनेका थिए, ‘टोलीमा बुमराहजस्ता बलर भएपछि टोली सध्रै दबाबरहित हुन्छ। यसैबीच बुमराह र बोल्ट पनि अहिले उच्च लयमा छन्।’

प्रकाशित: २५ कार्तिक २०७७ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App