५ आश्विन २०८१ शनिबार
image/svg+xml

सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ।’

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे।

एकीकृत समाजवादीले भदौ १५ भित्र उम्मेदवार छान्ने

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ। प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

ताप्लेजुङमा भागबण्डाको केन्द्रीय निर्णय पर्खदै गठबन्धन, एमालेका आकांक्षी भने बढ्दै

‘अघिल्लो निर्वाचनमा मैले समानुपातिक सूचीमा रहेर उहाँलाई सघाएको हुँ’ मेन्याङ्वोले यसपटक आफूलाई भट्टराईले सघाउने आशय यसरी व्यक्त गरे।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका थिए तर त्यसको खाका तयार पार्न नसकेपछि कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन्।

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

स्थानीय निर्वाचनका गल्ती दोहोरिए सत्ता गठबन्धनलाई चुनाव जित्न गाह्रो

स्थानीय तहको निर्वाचनमा देखिएको गठबन्धनको यो बेमेललाई सुधारेर आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई थप मजबुत बनाएर लैजाने निर्णयमा गठबन्धनमा आवद्ध दलहरु पुगिसकेका छन्। केन्द्रमा बनेको गठबन्धनको कार्यदलले नै उम्मेदवार टुंगो लगाएर सीट बाँडफाँड गरिने भएपनि व्यवहारतः गठबन्धन कति कसिलो बन्ला?

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छः मन्त्री कार्की

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए।

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।

कर्णालीमा गठबन्धन भए एमालेलाई हम्मे

कर्णालीमा सत्ता गठबन्धन दललाई पनि सिट बाँडफाँट गर्न सहज छैन। कांग्रेस र माओवादी केन्द्रसँगै नेकपा एसलाई पनि भाग छुट्ट्याउनुपर्छ। अघिल्लो चुनावमा समानुपातिकतर्फ कर्णालीमा एमालेले एक लाख ६९ हजार ७५५, कांग्रेसले एक लाख ६२ हजार ३ र माओवादीले एक लाख १७ हजार २९८ मत पाएका थिए। अहिले एमाले फुटेको छ।

गठबन्धनले नागरिकता विधेयक हुबहु अघि बढाउने

सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्