८ वैशाख २०८१ शनिबार
राजनीति

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

फाइल तस्बिर।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धी आफ्नो हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने भएको छ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो। अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

शीर्ष तहमा प्रगति विवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ। गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्य समेत रहेका मन्त्री कार्कीले अब बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्‍याए।

उनले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने बताए। 

प्रकाशित: १ भाद्र २०७९ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App