१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

क्षतिपूर्ति विवादले पाँच दिनदेखि शव अस्पतालमै

भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।

चार दिनदेखि बेपत्ता बालकको धान खेतमा शव फेला

आफ्नै साथीले घरबाट बोलाएर लगेर वेपत्ता भएको चार दिनपछि इटहरी वडा नं. ११ का एक बालकको मंगलबार विहान धान खेतमा शव फेला परेको छ। इटहरी वडा नं. ११ का अवजल मियाँका १५ बर्षीय छोरा इमतियाजको घरदेखि दुई सय मिटर दक्षिण पूर्वतर्फ धान खेतमा शव फेला परेको हो।

चार दिनसम्म शवको पहिचान भएन

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन्। वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उदयपुरमा ४ जनाको शव फेला

उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ। त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चुँगाड खोलामा भेटियो बोहराको शव

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने चुँगाड खोलामा शुक्रबार बिहान स्थानीय ४२ वर्षीय ओमबहादुर बोहराको शव फेला परेको छ।

एसिड आक्रमणमा मृत्यु भएकी किशोरीकाे शव रौतहट ल्याइयो

एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारका क्रममा काठमाडौंमा ज्यान गुमाएकी किशोरीको शव रौतहट ल्याइएको छ। सोमबार साँझ मृतक दासको शव गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुर ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितका सुरक्षा निकायका प्रमुखले चन्द्रनिगाहपुर पुगेर बालिकामाथि जघन्य अपराध गर्ने अभियुक्तलाई हदै सम्मको कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

दुई बेवारिसे शव फेला

सर्लाहीको बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेको छ। बागमती नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलभन्दा केही दक्षिण नदी किनारमा एक शव फेला परेको हो।

अप्रिला रोड ट्रिप हुने

डि लाइफस्टाइल प्रालिले ‘अप्रिला रोड ट्रिप’ गर्ने भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी डि लाइफस्टाइलकी असिस्टेन्ट म्यानेजर दीक्षा श्रेष्ठले अप्रिला स्कुटरमा देशव्यापी टुर आयोजना गर्न लागेको जानकारी दिइन। उनका अनुसार असोज १ देखि १९ गतेसम्म ‘अप्रिला रोड ट्रिप’ सञ्चालन हुनेछ।

मिशन अस्पतालका कुचिकार मृत भेटिए

तानसेनको युनाइटेड मिशन अस्पताल कुचिकार अस्पताल नजिकै फोहोर फाल्ने स्थानमा मृत भेटिएका छन्। तानसेन नगरपालिका मिशनटोल घर भएका ३९ वर्षीय सुनिल क्षेत्रीको शव अस्पतालबाट १ सय मिटर पर खल्लुकधारामा क्षतविच्छेद अस्थिपञ्जरमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो।

रुपन्देहीमा एक युवतीको शव फेला

रुपन्देही स्थित शुद्धोधन गाउँपालिका दानव नदीमा एक युवतीको शव फेला परेको छ। शुद्धोधन ७ सूर्यपूरा पुल स्थित दानव नदीमा अन्दाजी २२ बर्षीय युवतीको शव नंग्न अवस्थामा भेटिएको हो।

धानबारीमा महिलाको शव फेला

सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ। सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

अझै पत्ता लागेन पूर्वराजदूत झाको हत्यारा

भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो।

कोरियाबाट शव झिकाउन वर्षमा करोड

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

घरबाट चोरी भएकी बालिकाको शव भेटियो

औरही नगरपालिका १ बाट अपरिचित व्यक्तिले चोरेर लगेको ७ महिने बालिकाको शव फेला परेको छ। औरही ७ घर भएका संतोष साहको ७ महिने छोरी सोनालीलाई आईतबार साँझ औरही १ स्थित फेन्सी पसलबाट अपरिचत व्यक्तिले चोरेर लगेको थियो।

कारीदेवीको शव १६ दिनपछि फेला, हत्याको विरोधमा सडक अवरुद्ध

१६ दिनदेखि बेपत्ता सिराहाको गोलबजार नगरपालिका–१० पुरानो चोहर्वाकी कारीदेवी यादवको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। उनको शव नरहा गाउँपालिका १ मा गाडिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्