२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३-३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले समान तीन–तीन स्वर्ण जितेका छन्।

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।

ख्यालख्याल होइन खेल

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन नसक्नुबाट पनि हामीकहाँ कुनै पनि काम नियमित रूपमा नहुने दृष्टान्त मिल्छ।

बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

खुल्ला क्लासिकल इभेन्ट तर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालको अग्रता कायमै रहेको छ।

महिला फुटबलः कर्णाली एपिएफसँग १६–० गोल अन्तरले पराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रतिस्पर्धामा कर्णाली एपिएफसँग फराकिलो अन्तरले स्तब्ध भएको हो।

गल्फ: आर्मीलाई एक र बागमतीलाई दुई स्वर्ण

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते।

पुरुष ह्याण्बलमा गण्डकीलाई स्वर्ण

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।

साइक्लिङ डाउनहिलमा आर्मीकी निष्मा र आर्मीकै राजेशलाई स्वर्ण

पोखराको रानीबनमा आयोजित साइक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन्। उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पूरा गर्दै रजत पदक प्राप्त गरिन्। गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन्।

नवौं राष्ट्रिय खेलकुदः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

नासिरले १५ सय मिटर फ्रिस्टायलमा काठमाडाैँमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्।

राष्ट्रिय खेलकुदमा महिला ह्याण्डबलः प्रतिस्पर्धात्मक जित निकाल्दै आर्मीलाई स्वर्ण

विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।

नवौं राष्ट्रिय खेलकुद : १५ सय मिटरमा मुकेश र फुलमतिले जिते स्वर्ण

नवौं वृहत राष्ट्रिय खेलकुद अन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन्।

एक सय मिटरमा सरस्वती र शिवराजको नयाँ राष्ट्रिय कीर्तिमान

उनले फ्रि हिटमा लुम्बिनीकी धाविका निशा चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्। निशाले हिटचरणमा १२.१५ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानी बनाएकी थिइन्। दौडमा निशा चौधरीले रजत पदकमा चित्त बुझाइन्।

महिला दश हजार मिटर दौडमा सन्तोषी श्रेष्ठलाई स्वर्ण

पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्