४ वैशाख २०८१ मंगलबार
खेल

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

फाइल तस्बिर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।

पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ पाईलट क्रसकन्ट्री इभेन्टमा प्रतिस्पर्धामा थिए। उनी त्रिभुवन आर्मीबाट सहभागी भएका थिए।

आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७९ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App