१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एक सय मिटरमा सरस्वती र शिवराजको नयाँ राष्ट्रिय कीर्तिमान

सरस्वती चौधरी (१२८) तस्बिरः उमेश पुन/नागरिक

एथलेटिक्स अन्तर्गत १०० मिटर दौडमा सरस्वती चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला १०० मिटर दौडमा आर्मीकी चौधरीले १२.१३ सेकेण्डले पूरा गर्दै स्वर्ण पदक जितिन्।

उनले फ्रि हिटमा लुम्बिनीकी धाविका निशा चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्। निशाले हिटचरणमा १२.१५ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानी बनाएकी थिइन्। दौडमा निशा चौधरीले रजत पदकमा चित्त बुझाइन्। उनले १२.२२ सेकेण्डको समय लगाइन्। आर्मीकै रमिता थारुले कास्य पदक जितिन्। उनले १२. ९३ सेकेण्डमा दौड पूरा गरिन्।

पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बलका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जिते। उनले दौड १०.५६ सेकेण्डमा पूरा गरे। पार्कीले सन् १९९९ मा रामकृष्ण चौधरीले १०.७१ सेकेण्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।

आर्मीका युवराज विकले रजत जिते। उनले दौड पूरा गर्न १०.५८ सेकेण्डको समय लगाए। आर्मीका डिल्ली भण्डारीले १०.७० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते। पुरुष सटफुटतर्फको प्रतिस्पर्धामा आर्मीका तिलक विकले १२.८५ मिटर फाल्दै स्वर्ण पदक जिते।

त्यस्तै आर्मीकै १२.६४ मिटर फालेका चित्रबहादुर वलिले रजत पदक र बागमती प्रदेशका ललित रावतले कास्य पदक जित्ने क्रममा ११.९५ मिटर फालेका थिए। महिलातर्फको सटफुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले १२.४० मिटर फाल्दै स्वर्ण पदक जितिन्।

त्यस्तै लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर फाले रजत पदक जितिन्। नेपाल प्रहरीकी बसन्ती चौधरीले ९.८६ मिटर पर फ्याँकेर काँस्य पदक चित्त बुझाइन्।

प्रकाशित: २९ आश्विन २०७९ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App