१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

महिला फुटबलः कर्णाली एपिएफसँग १६–० गोल अन्तरले पराजित

एपिएफ क्लबले महिला फुटबलमा कर्णालीलाई १६–० गोल अन्तरले पराजित गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रतिस्पर्धामा कर्णाली एपिएफसँग फराकिलो अन्तरले स्तब्ध भएको हो।  

खेलको ५ औं  मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन। लगत्तै खेलको ९ औं मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन्।  

सावित्राले १३ औं र १८ औं मिनेटमा लगातार २ गोल गरिन्। खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन् भने २१ औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन्। २७ औँ मिनेटमा अनिताले, ३६ औँ मिनेटमा सरुले, ४५ औँ मिनेटमा सावित्रा व्यक्तीगत चौथो सँगै टोलीलाई ९ गोलको अग्रता दिलाईन्।

सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन। ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पुरा गदै टोलीका लागि ११ औं गोल गरिन्। ५२ औं मिनेटमा सावित्राले, ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गीता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन। समग्रमा सावित्राले ५ गोल गरिन् भने सरु लिम्बुले पनि ह्याट्रिक गरिन्। ८ खेलाडीले गोल गरेका थिए।  

महिला फुटबल प्रतियोगिताको दाेस्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ। स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो।

शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ औं मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाईन्। दोस्रो हाफको ६३ औं मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नम्बर १ लाई जित नजिक पु¥याईन्।  

खेलको उत्तरार्धको ८१ औं मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन्।

प्रकाशित: २९ आश्विन २०७९ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App