१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद : १५ सय मिटरमा मुकेश र फुलमतिले जिते स्वर्ण

नवौं वृहत राष्ट्रिय खेलकुद अन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन्।

महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन्। फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन्।

फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन्। ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन्।

पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते। मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे।

एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन्। नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए।

प्रकाशित: २९ आश्विन २०७९ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App