१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

नेपाली सेनाका नासिर याह्या हुसेन।

नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन्।

नासिरले १५ सय मिटर फ्रिस्टायलमा काठमाडाैँमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्। यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन्।

दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए। सापकोटाले १६ मिनेट ५७.९५ को समयमा दूरी पार गरेका थिए। उनले रजत पदक प्राप्त गरे। तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे। उनले कास्य पदक प्राप्त गरे।

डुवानाद्वारा पनि नयाँ किर्तिमान कायम

यस्तै पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन्।

उनले २०० मिटर व्यक्तिगत मिड्ले तर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेण्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको किर्तिमान कायम गरिन्। यो उनले हिट चरणमा कायम गरेको समय हो।

प्रकाशित: २९ आश्विन २०७९ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App