११ पुस २०८१ बिहीबार
image/svg+xml

नेपाललाई जापान दियो करिब ६४ करोड अनुदान

जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

दूधको अनुदानमा निरन्तरता

दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट बेस्ड सब्सिडी) वितरण गरेको छ।

धान राेपाइँका बेला मल अभाव

किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन्।

प्रदेशसँग समन्वय नहुँदा अनुदानको बिरुवा थन्कियो

प्रदेश र स्थानीय सरकारको समन्वयको अभावमा कृषिसम्बन्धी कार्यक्रम प्रभावित भएको छ। जिल्लाको कालिका गाउँपालिका र प्रदेश ३ सरकारले एकै ठाउँमा कृषकलाई बिरुवा वितरण कार्यक्रम राखेपछि गाउँपालिका समस्यामा परेको छ। कृषकको मागको आधारमा गाउँपालिकाले एक हजार पाँच सय बिरुवा ल्याएकोमा कृषकले प्रदेशबाट निःशुल्क बिरुवा पाएपछि कार्यक्रम प्रभावित भएको हो।

भारतकाे बजेटमा नेपाललाई १६ अर्ब बढीको अनुदान

भारतले नेपाललाई १६ अर्बको अनुदान दिने तयारी थालेको छ। आर्थिक वर्ष सन् २०१९/२० को बजेटमानेपाललाई १६ अर्ब बढीको अनुदान दिने गरी पेस भएको छ। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेटमा नेपाललाई दिइँदै आएको अनुदानमा वृद्धि गरिएको छ।

अनुदानको मल बरामद

साल्ट ट्रेडिङले अनुदानमा किसानलाई उपलब्ध गराउने एग्रोभटबाट रासायनिक मल प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित खनाल एग्रोभेटबाट  २१ क्यून्टल रासायनिक मल बरामद भएको हो।

सुन्तला फलाउन प्रोत्साहन अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकाेटका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

‘जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा जनकपुरको विकासका लागि मोदीले दिने भनेको बजेट १३ महिना बित्दा पनि ल्याउन नसकिएको हो। दुवै निकाय आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप गर्न थालेका छन् । यसबाट उक्त सहयोग रकम नै गुम्ने खतरा देखिएको छ।’

किन पठायो प्रदेशले स्थानीय तहलाई ‘खर्च नहुने’ अनुदान ?

सुदूरपश्चिम सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले डोटीको शिखर नगरपालिकालाई जेठ १२ गते ९७ लाख रकम अनुदान प्रदान ग-यो। अनुदानको प्रकार ‘समपुरक’ थियो। नगर क्षेत्रमा ‘ईष्टिमेट’ भएका ९७ लाखको तलकोट लुहाखडी खानेपानी आयोजना र एक करोड ४५ लाखको नगरपालिका परिसरमा संरचना निर्माण गरी दुई करोड ४२ लाखका दुई योजना कार्यान्वयनका लागि त्यो रकम आएको थियो।

निर्यातमा अनुदान दिन माग

नेपालमा उत्पादित वस्तु विदेश निर्यात गर्दा अनुदानको व्यवस्था गर्न विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्।

मल खरिद अनुदान ५० प्रशितले वृद्धि

सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिडाले आगामी आर्थिक वर्षको बजेटमा सरकारले रासायनिक मद खरिदको अनुदानमा ५० प्रतिशतले वृद्धि गरि ९ अर्ब पु-याएकाे बताएका हुन्।

प्रदेश र स्थानीय तहलाई सर्त अनुदान

सरकारले प्रदेशका लागि ५५ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। यस्तै स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड अनुदान दिने भएको छ।

जीविकोपार्जनमा सघाउन गाईको बाच्छी वितरण

रत्ननगर नगरपालिका–१२ ले जीविकोपार्जनमा सघाउन गाईका बाच्छी वितरण गरेको छ। गाईको बाच्छी तथा दूध उत्पादनमा अनुदान वितरण कार्यक्रमअन्तर्गत गाईका बाच्छी वितरण गरेको हो। पशुपालन गर्न सक्ने भए पनि पशुमा लगानी गर्न नसककेका पाँच परिवारलाई छनौट गरेर बाच्छी प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर पाख्रिन बताउँछन्।

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

निर्वाचनका बेला मीठामीठा आश्वासन दिने नेताहरूले किसानलाई अनुदान उपलब्ध गराउनु त टाढाको कुरा, जानकारीसमेत नदिने गरेको स्थानीयको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्