९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

निर्यातमा अनुदान दिन माग

कार्यक्रममा सहभागी। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर–नेपालमा उत्पादित वस्तु विदेश निर्यात गर्दा अनुदानको व्यवस्था गर्न विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्। बिहीबार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले विराटनगरमा आयोजना गरेको प्रदेश १ मा उत्पादित वस्तु तथा सेवा व्यापार अभिवृद्धिसम्बन्धी छलफलमा सहभागीले निर्यातमा अनुदानको व्यवस्था गर्न माग गरेका हुन्।

 निर्यात प्रवद्र्धनका लागि अनुदान आवश्यक रहेको मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले बताए। सरकारले बजेटमा स्वदेशी उत्पादनमा आत्मनिर्भर भएका वस्तुहरूको आयातमा भन्सार बढाउने प्रस्ताव गर्नु सकारात्मक भए पनि निर्यात बढाउने विषयमा ध्यान नदिएको बताए। पूर्वको निर्यात व्यापारमा जीर्ण पूर्वाधार बाधक भएको मुण्दडाले बताए। भारतको मीरगञ्ज पुल जीर्ण हु्“दा आयातित वस्तु तथा निर्यात गरिने वस्तु ढुवानीमा समस्या निम्त्याउने गरेको उनको गुनासो छ। आइसिपी सञ्चालन गरे पनि मीरगञ्ज पुल नबनाए पूर्वको व्यापारमा समस्या हुने उनको धारणा छ।

    उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेलले व्यवसायीमैत्री नीति भए लगानी आकर्षित हुने बताए। नेपाली कृषि उपजको मूल्य अभिवृद्धि गरे मात्रै पर्याप्त लाभ प्राप्त हुने प्याकुरेलले बताए। उनले भने, ‘कच्चा पदार्थका रुपमा नभई मूल्य अभिवृद्धि गरेमात्रै नेपाली उत्पादनले उपयुक्त मूल्य पाउ“छ र निर्यात प्रवद्र्धनमा सहयोग पुग्नेछ।’ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले नीति निर्माणमा सरकारलाई सुझाव दिने, व्यापार विस्तार गरी अर्थतन्त्रमा सुधार ल्याउने र वैदेशिक व्यापारका समस्या समाधानका लागि सरकारलाई सुझाव दिने उद्देश्यले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रादेशिक प्रोफाइल तयार पार्न थालेको जानकारी दिए। उनले देशका सातै प्रदेशको प्रोफाइल तयार पार्ने काम भइरहेको पनि बताए। उद्योगी अशोक मुरारकाले पूर्वी नेपाललाई अर्गानिक क्षेत्र घोषणा गरी उत्पादनको मूल्य अभिवृद्धि गर्नुपर्ने धारणा राखे।

सरकारले निर्यातमा अनुदान दिने नीति लिए यस्तो नीतिले निर्यात प्रवद्र्धन भई व्यापार घाटा कम गर्न सघाउ पुग्ने उनले बताए। कृषिजन्य वस्तुमा लिने गरिएको जिल्ला निकासी करले समस्यामा पारेका कारण त्यस्तो कर हटाउन पनि मुरारकाले आग्रह गरे। उद्योगी अनुपम राठीले सरकारले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। विद्युत्मा अनुदान दिएर नयाँ उद्योग स्थापनाका लागि वातावरण तयार पार्नुपर्ने उनको धारणा छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गनगौरले व्यापार प्रवद्र्धनको नीति रणनीति तयार गर्न प्रादेशिक प्रोफाइल तयार पार्न थालिएको जानकारी दिए।

प्रदेश १ का उद्योग वन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेश १ कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर रहे पनि उचित व्यवस्थापन नहुँदा समस्या देखिएको बताए। उनले प्रदेश सरकारले कृषि उपजको उचित बजार प्रबन्ध गर्न प्रयासरत रहेको बताए। कुसियतले उद्योगीहरूले उठाएक विषयलाई प्रदेश सरकार सम्बोधन गर्न तत्पर रहेको स्पष्ट पारे। उनले केही विषयको सम्बोधनका लागि संघीय सरकारस“ग पहल गर्न पनि तत्पर रहेको कुसियतले बताए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App