'जानकी मन्दिर संरक्षणमा अघि बढ्नेछौँ'
केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताए।
केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताए।
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।
एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङ्गले जानकारी दिए।
मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सम्पन्न हुनेछ।
मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ। त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ।
कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।
धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो। उच्च अदालतले जन्मकैद हटाइदियो भने १२ वर्षे कैदलाई पनि सात वर्षमा झारिदिएको छ।
मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। शुक्रबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व मनाइएको मिथिलाञ्चलमा उल्लासपूर्वक मनाइएको छ।
मूर्तिहरू कुनै निश्चित फलकमा कुँदिनु, मूल देवताको मूर्ति बीचमा र यसको वरिपरि विभिन्न सहायक र गणका मूर्ति कुँदिनु, मूर्ति स्थुल रूपमा देखापर्नु आदि पालकालीन विशेषता पाइन्छन् । पछि यसै विशेषताले काठमाडौं उपत्यकाभित्र पनि प्रभाव पारेको थियो ।
श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्। मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।
मिथिलामा होलीको आकर्षक विशेषता हो–जोगिरा गीत। यसको सांस्कृतिक पृष्ठभूमि छ। होलिकालाई जलाएको हेर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ। होलिका जल्न थालेपछि जोगीहरु खुसी भएको हुनाले त्यही खुसी गीतमा पोखिएर जोगिरा गीत भएको भनाई छ। जोगिरा गीतहरुमा प्रेमिल र नशाको मिश्रण पनि सुन्छिन्..
मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली शनिबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
होली पर्वको सुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ। परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ।
ग्रामीण क्षेत्रमा परम्परागत रूपमा महिलाकै हातबाट घर, टाट (पर्खाल)मा समयानुकूल चित्र बनाइन्थ्यो, त्यो चित्र के हो भनी बनाउनेलाई पनि थाहा थिएन। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै सामग्रीबाट लेप तयार गरी विभिन्न स्वरूपमा उतार्थे।
दुई दशकअघि पतिको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनमा आयो। छोरी सलमा खातुन काखमै थिइन्। त्यतिबेलै उनका पिताले यस दुनियाँबाट बिदा लिए।