२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मिथिलाञ्चलमा विधिवत् होली सुरु

मिथिलाञ्चलमा आजदेखि विधिवत् होली सुरुआत भएको छ। पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कंचनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएपछि  परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरु भएको हो।

होली पर्वको सुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ। परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन्।

धनुषाको हनुमानगढीमा अघिल्लो शनिबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमामा यात्री जम्मा भई आजदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ।

महोत्तरीको कंचनवनमा सातौँ दिनको बासा त्याग गरेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौँ दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन्। रासस

प्रकाशित: ८ चैत्र २०७७ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App