१० मंसिर २०८१ सोमबार
image/svg+xml

आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ। हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिए।

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिंदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दै छन्।

मिथिलाञ्चलमा कात्तिकको महत्त्व

कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।

मिथिलाञ्चलमा विधिवत् होली सुरु

होली पर्वको सुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ। परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ।

मिथिलाञ्चलमा होलिको रौनक

सामाजिक सौहार्दता, रङ्ग विजय, भाइचाराको पर्व फागु अर्थात होली मिथिलाञ्चलमा विशेष धुमधामका साथ मनाइदैं छ ।यो पर्व मनोरञ्जनात्मक पर्व भएको कारण यस पर्वमा युवायुवतीको विशेष उपस्थिती देखिएको छ । के बुढाबुढी, के युवायुवती सबैको अनुहार लगायत लगाउने कपडा समेत यो पर्वमा रंगविरंगी भएको छ।

मिथिलाञ्चलमा ‘सामाचकेवा’ पर्वको रौनक शुरु

भाइ बहिनीको अगाध प्रेमको प्रतिक पर्व मानिएको सामाचकेवा शुरु भएपछि अहिले सम्साझैं हुने वित्तिकै महोत्तरीको ग्रामीण क्षेत्रका घरघरबाट मैथिलि भाषाको यस्तो गीतको सुरिलो भाका सुनिन थालेका छन। सामा–चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरंजन गर्छन्।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ ।

मिथिलाञ्चलमा छायो रक्षाबन्धनको उल्लास

महोत्तरी-‘चन्दा रे मेरे भैया से कहना बहेना याद करे ’ हिन्दी भाषाको यो गीत अचेल मिथिलाञ्ल भरि घन्किन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्