बिरामीलाई आइसोलेसन केन्द्रमा राख्न निर्देशन
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना पोजेटिभ देखिएकालाई घरमा नभई आइसोलेसन केन्द्रमै राख्न निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना पोजेटिभ देखिएकालाई घरमा नभई आइसोलेसन केन्द्रमै राख्न निर्देशन दिएको छ ।
नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ ।
महालेखापरीक्षकको ५७ औ वार्षिक प्रतिवेदनले लेखा संघीय सरकारी कार्यालय तर्फ यो वर्ष रकमगत आधारमा बढी बेरुजू हुने मन्त्रालयहरूमा सातौं नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको उल्लेख गरेको छ ।
संसारभर अहिले बालबालिकाको दिमाग सदुपयोग हुन सकिरहेको छैन। अप्रिल सुरुमा कोभिड–१९ महामारी चर्किएयता विश्वका ९० प्रतिशत विद्यार्थी स्कुल शिक्षाबाट वञ्चित छन्।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय क्षेत्र विकास योजना कार्यक्रम अन्तगर्गत ती विद्यालय छनोट गरिएको जानकारी दिएको हो ।
साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।
पुर्णिमाको दिन आफूलाई शिक्षा दिने गुरुप्रति सद्धभावपूर्ण पूजा र सम्मान गर्दै भर्चुअल माध्यमबाट गुरु पूर्णिमा मनाइएको छ । पोखरास्थित पोखरा सेकेन्डरी स्कुलले भर्चुअल माध्यममार्फत आयोजना गरेको गुरु पूर्णिमाको दिन विभिन्न विद्यार्थीहरुले गित, कविता, गाउनुको साथ शुभकामना मन्तव्य दिए ।
घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपाल चिकित्सक संघले चिकित्सा शिक्षामा स्नातकोत्तर तहको सीट संख्या कम भएकोले सिट संख्या बृद्धि गर्न माग गरेको छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय सञ्चालन नहुँदा शिक्षक तथा विद्यार्थी निष्क्रिय बन्दै गएकाले विद्यालयले घुम्ती कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयले सुरुमा इन्टरनेट, मोबाइल, स्थानीय सञ्चारमाध्यम लगायतको बारेमा सर्वेक्षण गरेको थियो ।
सरकार यस किसिमको श्रम रोजगारको मोडालिटीमा जाने हो भने देशको कुनै पनि जमीन बाँझो नहुने साथै स्थानीय प्राकृतिक स्रोत र साधनहरूको भरपुर उपयोग हुने हुँदा नेपालको युवा जनशक्तिहरू रोजगारी खोज्दै खाडी लगायत अन्य कुनै पनि मुलुकमा जानुपर्ने हुँदैन । उत्पादनलाई सोझै आर्थिक समृद्धिसँग जोडन सकिन्छ ।
विगतका वर्षमा प्राथमिक तहमा उदार कक्षोन्नति (लिबरल प्रमोसन) का नाममा परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउने नीतिको हविगत टीठलाग्दो रहेको जगजाहेर नै छ । पाठ्यक्रमले तोकेको उद्देश्य प्राप्ति भए–नभएको भरपर्दो परीक्षाबाट मात्र खुट्याउन सकिन्छ । विभिन्न बहानामा परीक्षालाई नै फितलो बनाएर उच्च अंक ल्याएर धेरै विद्यार्थी पास भएको ग्रेडसिट दिनु भनेको सुन्निएर देखावटी मोटाउनु जस्तै नहोला भन्न सकिन्न ।
जिल्लाको रघुगंगा गाउँपालिका–२, पखटोलमा ढुंगाको बान्नामा विद्यार्थीले पढिरहेका छन्। किताब–कपी लिएर हरेक दिन विद्यार्थी पुग्ने स्थान निर्धारन गरिएको छ। विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाइएको छ।