coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै पढाइ हुने भएको हो । फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महंगो शुल्कमा पढ्न बाध्य थिए । अब कर्णालीमै पहिलो पटक पढाई हुने भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।  

कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशाकुमारी श्रेष्ठ स्नातक तहमा फार्मेसी पढ्न तराईका जिल्लामा जानुपर्ने बाध्यता अन्त्य भएको बताइन् । ‘अब सस्तो शुल्कमा गुणस्तरीय रूपमा जुम्लामै स्नातक तहमा फार्मेसी पठनपाठन हुनेछ ।’ उनले भनिन्, ‘यो कर्णालीवासीका लागि खुसीको खबर हो । यो ३ वर्षे कोर्ष हुनेछ ।’ कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो । ‘तीन वर्षमा ९५ हजार ६ सय ६० रूपैयाँसम्म खर्च हुने प्रमुख श्रेष्ठको भनाइछ ।

फार्मेसीका लागि ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २÷२ जना हुनेछन् । ४ जनाले छात्रवृत्तिमा पढ्न पाउने छन् । १४ सिट समानुपातिक ढंगबाट भर्ना गरिने शिक्षालय प्रमुख श्रेष्ठले बताइन् । लाखौं रकम खर्चेर महंगोमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई राहात मिलेको छ । अब कर्णाली प्राविधिक शिक्षालय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योगका रूपमा स्थापना भएको शिक्षालय प्रमुख श्रेष्ठले बताइन् ।

प्रकाशित: ३ भाद्र २०७७ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App