१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

म्याद गुज्रिएका औषधि भेटिएपछि वीर अस्पताल बाहिरका २ औषधि पसल बन्द

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन्।

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।

दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।

उपत्यकाकै फार्मेसी भाडाको प्रमाणपत्रमा, दर्ता नभएका फार्मेसी पनि भेटिए

दर्ता भएर चलाइएका फार्मेसीले गरिरहेका बदमासी र गल्ती त कति हो कतिरु सायद त्यसैले होला १० वटा फार्मेसी सिल गरिएको छ।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए। सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो स्वास्थ्य सामग्री

झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ।

वीरको फार्मेसीमा आम्दानी घट्दै

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध नरहेको पाइएको छ।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं : अधिकारी

नेकपाका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन्।

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ।

सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुनेगरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्